नेकपा (एमाले) सल्यानको नवौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक


सल्यान । नेकपा (एमाले) सल्यानको नवौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक भएको छ । आइतबार सामाजिक संजाल मार्फत प्रचारप्रसार उपसमितिले लोगो सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको लोगोमा देब्रेपट्टी कम्युनिस्ट पार्टीको झण्डा, बिचमा पार्टीको चुनाव चिन्ह सुर्य, सुर्यको बिचमा सल्यान जिल्लाको नक्सा र पर्यटकिय स्थलहरू, उक्त सुर्यको वरपर नवौं जिल्ला अधिवेशनको प्रतिकका रुपमा ९ वटा सुर्य ( हसियाहतौडा अंकित पार्टीको लोगो समाबेश गरिएको छ ।

जिल्लाको कृषि, उद्योग, व्यापार, पूर्वाधार र पर्यटन प्रवर्द्धनको लागि लोगोमा कुपिण्डे ताल, खैरावाङ मन्दिर र छत्रेश्वरी शक्तिपिठ जस्ता सम्पदा समाबेश गरिएको प्रचारप्रसार उपसमिति संयोजक दिपेन्द्र प्रकाश डिसीले बताए ।

उनले भने – ‘नेकपा (एमाले) राजनीतिक क्रान्तिको मात्रै नभएर देश निर्माणको पनि नायक भएको र समृद्ध नेपाल, सुखी नेपालीको नेतृत्वकर्ता पार्टी हो। देश निर्माण र विकासको सन्देश दिन लोगोमा अमुल्य सम्पदा र पूर्वाधार निर्माणको प्रतिकहरू राखिएको हो ।’ यहि पौष २३ र २४ गते नेकपा (एमाले) सल्यानको नवौं जिल्ला अधिवेशनको हुने तय भएको छ ।

१० वटै पालिकाबाट प्रतिनिधि मुलक सहभागिता ३३ प्रतिशत महिला सहित दलित,जनजाति अपांगता सबै क्षेत्र र वर्गलाई समेटर सर्बसम्मत रुपमा भुगोलवाट ४ सय १ प्रतिनिधि छनौट गरिएको छ ।

जिल्ला अधिवेशन आगामी उद्घाटन पुस २३ गते सल्यान सदरमुकाम खलंगाको टुडिखेलको मैदानमा मध्यान्न १२ गर्ने उक्त कार्यक्रम उद्घाटन नेकपा एमाले पोलिटब्युरो सदस्य कर्णाली प्रदेश सह ईन्चार्ज गुलाव जंङ शाहले गर्नेछन् । बन्द सर्त पुस २४ गते बिहान ८ बजे देखि जिल्ला समन्वय समितिको हल खलंगामै गर्ने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया