जाजरकोटमा मतदाताको संख्या एक लाख नाघ्यो

पछिल्लो पटक ३ हजार ९ सय ४६ थपिए, नामावली संकलन कार्य जारी


जाजरकोट । मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम अन्तरर्गत जाजरकोटमा ३ हजार ९ सय ४६ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । मंसिर १७ देखि पौष ९ गते सम्म दुई चरणमा सञ्चालन भएको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम अन्तर्गत सात वटा पालिकामै पुगेर मतदाता नामावली संकलनको गरिएको हो ।

मंसिर १७ गते देखि पौष ९ गते सम्म भेरी नगरपालिका बाहेकका सबै पालिकामा निर्वाचन कार्यालयले मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम सञ्चालन गरी मतदाता नामावली संकलनको काम गरेको थियो ।

जस अन्तरर्गत जुनीचाँदे गाउँपालिकामा ३ सय ६८, कुशे गाउँपालिकामा ३ सय ७१, बारेकोट गाउँपालिकामा १ सय ७९, नलगाड नगरपालिकामा ६ सय २१, छेडागाड नगरपालिकामा ३ सय ९८ र शिवालय गाउँपालिकामा २ सय ५१ जनाले आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराएका छन् ।

यस्तै, जिल्ला प्रशासन बाट संकलित नामावली १ हजार १ सय ८ रहेको छ । जिल्ला निर्वाचन कार्यालय बाट ६ सय ५० जनाको नाम संकलित भएको जिल्ला निर्वाचन कार्यालय जाजरकोटका सूचना अधिकारी नवीन कठायतले जानकारी दिए ।

सबैभन्दा बढी नलगाड नगरपालिकाका ६ सय २१ जनाले मतदाता नामावलीमा नाम लेखाएका छन् । १८ वर्ष उमेर पुगेका सबै जनालाई मतदाता नामावलीमा नाम दर्ता गराउदै आएको निर्वाचन आयोगले जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट नाम संकलनको काम गरिरहेको छ ।

मंसिर मसान्त सम्म ९८ हजार २ सय १३ जनाको मतदाता नामावलीमा नाम दर्ता भएकोमा स्थानीय तहमा गरिएको अभियानबाट ३ हजार ९ सय ४६ थप भएपछि जिल्लामा मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या १ लाख २ हजार २ सय २४ पुगेको छ ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको प्रस्ताव गरेपछि भने पछिल्लो समय जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भिड लाग्न थालेको छ ।

मतदाता नामावली सङ्कलन विशेष कार्यक्रममा छुटेका पनि जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयमा नाम दर्ता गराउन आउनेको भिड लागेको हो । अन्य जिल्लामा बसाईबसाई गरी सारिएको मतदाताहरुको संख्या ६५ रहेको छ, बाह्य जिल्ला बाट भित्र्एिको संख्या १० रहेको छ ।

तपाईको प्रतिक्रिया