माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक ललितपुरको सानेपा

काठमाडौं। नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक बस्दैछ। आठौँ महाधिवेशन सकिएसँगै पदाधिकारी चयनका लागि ललितपुरको सानेपा हाइटमा रहेको हेरिटेज प्लाजामा बैठक बस्ने पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

प्रवक्ता महराका अनुसार सोमवार दिउँसो ३ बजे बस्ने केन्द्रीय कमिटीको बैठकले पदाधिकारी चयन छ। आइतवार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्दसत्रमा २३६ जनाको केन्द्रीय कमिटी पेश गरेका थिए। सो कमिटी पारित भएको छ।

२९९ केन्द्रीय सदस्यमध्ये हाल २३६ जनाको नाम फाइनल गरिएको हो। केन्द्रीय सदस्यमा समानुपातिक तर्फ १२५ र खुलातर्फ १११ गरी २३६ जना रहेका छन्। २९९ केन्द्रीय सदस्यमा समानुपातिक तर्फका १५४ मध्ये १२५ र खुलातर्फको १४५ मध्ये १११ जनाको नाम हाल घोषणा गरिएको हो। अब समानुपातिकतर्फ २९ जना र खुलातर्फ ३४ जना केन्द्रीय सदस्य छनोट हुन बाँकी छन्।

तपाईको प्रतिक्रिया