जाजरकोटका ६ नेता बने माओवादी केन्द्रको केन्द्रीय सदस्य ( नामावली सहित)


जाजरकोट । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट जाजरकोटका छ नेता केन्द्रीय सदस्यमा चयन भएका छन् । आइतबार सकिएको माओवादीको आठौँ महाधिवेशनबाट खुल्ला र समानुपातिक गरी ६ जना नेता माओवादीको केन्द्रीय सदस्यमा सर्वसम्मत रुपमा चयन भएका हुन् ।

२ सय ३७ जनाको घोषित केन्द्रीय सदस्यमा जाजरकोट बाट ६ जना नेता परेका हुन् । जसमा महासचिवका दावेदार शक्ति बस्नेत पनि छन् ।

दलित युवा महिलामा पार्वती विक केन्द्रीय सदस्य बनेकी छन् । यस्तै खस आर्य यूवा महिला बाट कृष्णा शाह केन्द्रीय सदस्य बनेकी छन् ।

जाजरकोट बाट केन्द्रीय सदस्य हुनेको विवरण :
(क) समावेशी
(१) खस आर्य युवा महिला
१. कृष्णा शाह
(२) युवा दलित महिला
१.पार्वती बिक
(ख) खुल्ला तर्फ

१. शक्ति बस्नेत
२. काली बहादुर मल्ल
३. माया प्रसाद शर्मा
४. रामदीप आचार्य

तपाईको प्रतिक्रिया