कामना विष्टलाई कुशे गाउँपालिकाले ३० हजार ५ सय ५५ पुरुस्कार दिने


खलंगा । बंगलादेशमा भएको सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यालेन्ज कपमा सहभागी खेलाडी कामना विष्टलाई कुशे गाउँपालिकाले ३० हजार ५ सय ५५ रुपैयाँ पुस्कार दिने निर्णय गरेको छ ।

गाउँपालिका अध्यक्ष हरीचन्द्र बस्नेतले कर्णाली बाट सहभागी भई प्रदेश तथा जिल्लाको नाम राखेको भन्दै उनलाई ३० हजार हजार ५ सय ५५ दिने निर्णय गरेकाे अध्यक्ष बस्नेतका स्वकीय सचिव विमल रोकायले जानकारी दिए ।

पुस १३ गते वंगलादेशमा भएको सेन्ट्रल जोन महिला भलिवलको फाईनल खेलमा उज्ज्वेकिस्तानलाई हराउँदै नेपालले उपाधी हात पारेको थियो । जाजरकोटको भेरी नगरपालिका ४ गैरीखालीमा जन्मिएकी विष्ट सफल राष्ट्रिय खेलाडीका रुपमा परिचित छन् ।

तपाईको प्रतिक्रिया