मुख्यमन्त्री शाही सहित तीन जना कांग्रेस केन्द्रीय सदस्य मनोनित

कर्णालीका मुख्यमन्त्री शाही सहित तीन जना कांग्रेस केन्द्रीय सदस्य मनोनीत
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाही नेपाली कांग्रेसको केन्द्रीय सुदस्य मनोनयन भएका छन् । सभापति देउवाले मुख्यमन्त्री शाही सहित प्रदीप पौडेल र कल्याण कुमार गुरुङलाई केन्द्रीय कार्यसमितिको सदस्य मनोनय गरेका हुन् । नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २१ को उपधारा (१०) बमोजिम तीन जनालाई आज सदस्यमा मनोनयन गरेका हुन् ।

उनीहरू तीनै जना महाधिवेशनमा पराजित उम्मेदवार हुन् । देउवासँगै सभापतिका प्रत्यासी गुरुङले दोस्रो चरणको निर्वाचनमा देउवालाई सघाएका थिए । त्यस्तै, कृष्णप्रसाद सिटौला–देउवा समीकरण बन्दा देउवा समूहबाटै महामन्त्री उम्मेदवार बनेका पौडेल पराजित भएका थिए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही पिछडिएको क्षेत्रबाट देउवा समूहबाटै सहमहामन्त्री उम्मेदवार थिए । देउवाले शनिबारमात्रै महाधिवेशनमा भाग नलिएका रामचन्द्र पौडेलसहित १० नेताहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।

तपाईको प्रतिक्रिया