माओवादी केन्द्रले २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी टुंगो लगायो

काठमाडौ । नेकपा माओवादी केन्द्रले २९९ सदस्यीय केन्द्रीय कमिटी सदस्य टुंगो लगाएको छ । बन्दसत्र सुरु हुनुअघि आज बसेको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेशबाट आएका सिफारिसका आधारमा २९९ सदस्यीय केन्द्रीय कमिटी सदस्यको नाम टुङ्गिएका जानकारी दिएका हुन् ।

बन्दशत्रमा अध्यक्ष दाहालले नाम प्रस्तुत गर्ने बताइएको छ । अध्यक्षले प्रस्तुत गरेको नाममा सहमति नभए मतदानमा जाने बताइएको छ । माओवादीमा कुल २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित र १५ प्रतिशत मनोनित गर्ने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया