माओवादी केन्द्रको निर्वाचन कार्यतालिका फेरी स¥यो


काठमाडौं । नेकपा माओवादी केन्द्रको निर्वाचन तालिका फेरी संशोधन भएको छ । नयाँ केन्द्रीय समिति र १५ सदस्यीय पदाधिकारी टीम सर्वसम्मत बनाउने प्रयासस्वरुप छलफल जारी रहेकाले निर्वाचन कार्यतालिका संशोधन गरिएको हो ।

यसअघि पनि २ पटक सम्म निर्वाचन कार्यतालिका संसोधन गरिएको थियो । हिजो निर्वाचन कार्यतालिका सार्वजनिक गरेको निर्वाचन समितिले अर्को संशोधन तालिका सार्वजनिक गरेर आज दिउँसो २ बजेदेखि गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गरेको थियो । अहिले तेस्रो पटक सारेर अपराह्न ४ बजेका लागि निर्वाचनको संशोधित कार्यतालिका सार्वजनिक गरिएको हो ।

संशोधित कार्यतालिका अनुसार आज अपराह्न ४ बजेदेखि ६ बजेसम्म उम्मेदवारको मनोनय दर्ता, ६ः३० सम्म मनोनयन पत्रको सूची प्रकाशन, ७ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, ७ः१५ सम्म उजुरीको सूचना, ७ः४५ सम्म उजुरीमाथि छानबिन र निर्णय, ८ बजेसम्म उम्मेदवारीको नामावली पुनः प्रकाशन, ८ः३० सम्म उम्मेदवारको नाम फिर्ता र ८ः४५ सम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ । यस्तै मतदान सोमवार बिहान ८ बजेदेखि दिउँसो १ः२५ सम्म तोकिएको छ ।

तपाईको प्रतिक्रिया