सेन्ट्रल जोन भलिबलमा सहभागी विष्टलाई कर्णाली सरकारले ५० हजार दिने


खलंगा । बंगगलादेशमा भएको सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यालेन्ज कपमा सहभागी जाजरकोटकी खेलाडी कामना विष्टलाई कर्णाली प्रदेश सरकारले ५० हजार पुरुस्कार दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली बाट सहभागी भई प्रदेशको नाम राखेको भन्दै उनलाई ५० हजार दिने निर्णय गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

पुस १३ गते वंगलादेशमा भएको सेन्ट्रल जोन महिला भलिवलको फाईनल खेलमा उज्ज्वेकिस्तानलाई हराउँदै नेपालले उपाधी हात पारेको थियो । जाजरकोटको भेरी नगरपालिका ४ गैरीखालीमा जन्मिएकी विष्ट सफल राष्ट्रिय खेलाडीका रुपमा परिचित छन् ।

तपाईको प्रतिक्रिया