भत्ता लिन हजुरबा माथी खुकुरी प्रहार

रुकुम पश्चिम । हजुरबाले पाएको सामाजिक सुरक्षा भत्ता लिनलाई एक नातिनीले हजुरबामाथी खुकुरी प्रहार गरेकी छिन् । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका १, की १७ वर्षीया उर्मिला मल्लले मावलीतर्फका हजुरबामाथी खुकुरी हानेकी हुन् ।

बुधबार विहानको समयमा ७४ वर्षीय दाना शाही माथी उनले खुकुरी प्रहार गरेकी थिइन् खुकुरी प्रहारबाट घाइते भएका दानाको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ । जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि चौरजहारी लिइएको दानाका छोरा बलुले जानकारी दिए ।

शाहीले सामाजिक सुरक्षा भत्ता वापतको १२ हजार रुपैयाँ बुझेका थिए । सोही रुपैयाँ लिने योजनाका साथ नातिनीले आफूमाथी खुकुरी हानेको शाहीले बताए । शाही घरमा एक्लै बस्थे । मंगलबार राति नै आफ्नो घरमा आएर बसेकी नातिनीले हानेको खुकुरीले उहाँको गाला, दुवै हातमा घाउ भएको छ ।

‘घरमा आएर लुकेकी रहेछ,’ शाहीले भने ‘मैले देखेपछि मसँगै बसी पैसा लिन्छे कि भनेर म पनि रातभर निदाइन विहानपख खुकुरी हानेर घाइने बनाई ।’ उनले पैसाकै लागि आफूमाथी खुकुरी हानेको बताए ।

उर्मिलाले सानैदेखि सुन्न र बोल्न सक्दैनिन् । उनलाई प्रहरीले निन्त्रणमा लिई सकेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले घटना के कसरी भएको भनेर उर्मिलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको जानकारी दिए । उर्मिलालाई जिल्ला प्रहरी कार्यालयमा ल्याइ पुर्याइएको छ ।

तपाईको प्रतिक्रिया