
काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको वरीयता तोकेको छ । तोकिएको बरीयतामा सभापति शेरबहादुर देउवा पहिलो नम्बरमा छन् ।
कांग्रेसले पदाधिकारी, यो केन्द्रीय समितिमा निर्वाचित भएका पूर्वपदाधिकारी र अहिले निर्वाचित केन्द्रीय सदस्यहरूलाई क्रमशः वरीयतामा मिलाएर राखेको छ । देउवापछिको दोस्रो वरीयतामा उपसभापति पूर्णबहादुर खड्का र तेस्रोमा धनराज गुरूङ छन् । महामन्त्री गगन थापा चौंथो नम्बरमा छन् भने विश्वप्रकाश शर्मा उनको पछाडि छन्। ८ सहमहामन्त्रीमध्ये फरमुल्लाह मन्सुर सबैभन्दा अगाडि छन् ।
सभापतिमा शेरबहादुर देउवासँग पराजित शेखर कोइरालाको वरीयता २० औं नम्बरमा छ। १३५ सदस्यीय केन्द्रीय समितिमा सबैभन्दा अन्तिममा जीवन राना छन् ।
यीमध्ये १३४ जना महाधिवेशनबाट निर्वाचित भएका हुन् भने शेखर कोइराला स्वतः केन्द्रीय सदस्य बनेका हुन् । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित व्यक्तिभन्दा दोस्रो बढी मत ल्याउने व्यक्ति स्वतः कार्यसमिति सदस्य हुन्छ ।
कांग्रेसको केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हो । बाँकी ३३ जना सभापति देउवाले मनोनीत गर्न बाँकी छ ।

















































। १५ पुष २०७८, बिहीबार