युवा नेता हमालको व्यक्तिगत सहयोगमा गैराभौतामा खानेपानी निर्माण

No description available.

जाजरकोट । जिल्लाको कुशे गाउँपालिका वडा नं. ३ गैराभौतामा वर्षौ देखिको खानेपानीको समस्या समाधान भएको छ । विगत लामो समयदेखि खानेपानीको समस्या झेलिरहेका गैराभौताका स्थानीयहरु गाउँमा खानेपानी पुगेपछि खुसी भएका छन् ।

खानेपानी निर्माण गर्नका लागि नेकपा (एकिकृत समाजवादी) जाजरकोटका उपाध्यक्ष तप्त बहादुर हमालले व्यक्तिगत रुपमा १० क्वाइल पाईप सहयोग गरेपछि स्थानीयहरुको वर्षाै देखिको स्वच्छ खानेपानी पाउने चाहाना पुरा भएको हो ।

खानेपानीको अत्यन्त समस्या रहेको उक्त ठाउँमा खानेपानी पुगेपछि स्थानीयहरुले नेता हमाललाई सहयोगका लागि धन्यवाद दिए । वर्षौ देखि विभिन्न पार्टीका नेताहरुले खानेपानीको व्यवस्था गरिदिने भन्दै चुनावमा भोट मात्र मागे स्थानीय टिकाराम जैसीले भने, ‘भोट पाएपछि कोही पनि फर्केर आएनन तर नेता हमालले एक बचनमा व्यक्तिगत लगानीमा आफुहरुको समस्या समाधान गरिदिए, सबै नेताहरुको मन हमालजीको जस्तो हुनुपर्छ ।’

नेता हमालको उक्त सहयोगको गुण आगामी निर्वाचनमा तिर्ने अर्का स्थानीय मधुखर जैसीको भनाई छ । उपाध्यक्ष हमालले व्यक्तिगत लगानीमा स्थानीयहरुलाई खानेपानीको पाईप खरिद गरि आयोजना स्थलमा नै उपलब्ध गराएका हुन् ।

कुशेका अत्यन्त लोकप्रिय तथा प्रभावशाली नेता हमालले यो संगै गाउँपालिका भित्रका दुखी विरामीहरुलाई पटक पटक सहयोग गर्दै आएका छन । यस अघि तत्कालिन नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका हमाललाई आगामी स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षको उम्मेदवारको रुपमा हेरिएको छ ।

तपाईको प्रतिक्रिया