चिसापानीमा गाडी दुर्घटना,चार जना घाइते


रुकुम पश्चिम । रुकुम पश्चिम आठबिसकोट नगरपालिकाको वडा नम्बर ११ चिसापानीमा गाडि दुर्घटना भएको छ । रुकुम पश्चिमको चौरजहारीबाट आठबिसकोट नगरपालिकाको राडी आउदै गर्दा लु अ ७८५८ नम्बरको गाडी दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय आठबिसकोटले जनाएको छ । गाडि दुर्घटनामा ४ जना घाइते भएका छन् ।

घाइते हुनेमा चालक कुमाख गाउँपालिका ४ सल्यानका २८ बर्षका दिनेश बिष्ट , घोराहप् उपमहानगरपालिका ३ दाङका २८ बर्षकै शान्तराज चौधरी, चौरजहारी नगरपालिका १ का २९ बर्षीया खिप्रकाश डिसी र तुल्सिपुर नगरपालिका ४ दाङका दिपक न्यौपाने रहेका छन । घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

घाइतेलाई नगर अस्पताल आठसिकोटमा उपचार भैरहेको र एक जनाको अवस्था गम्भिर भएकोले नेपालगञ्ज रिफर गरीएको छ । गाडि सडक बाट ६० मिटर तल खसेको बताइएको छ । गाडि पुर्ण रुपमा क्षति भएको छ । गाडीमा सवार ४ जना थिए । मंगलबार राति ८ बजे गाडी दुर्घटनामा परेको थियो ।

तपाईको प्रतिक्रिया