
जाजरकोटको उत्तरी क्षेत्र अवस्थित कुशे छिमेकी जिल्ला जुम्लासंग प्रत्यक्ष सिमाना जोडिएको छ । कुशे गाउँपालिका जहाँ सदाबार हरयिाली हुन्छ । कुशे पाटनबाट देखिने चारैतिरको मनमोहक दृश्यले कसको मन लोभ्याउदैन र ? जब पुगिन्छ कुशेको भित्री क्षेत्रमा तब मात्र त्यहाँको सुन्दरता र रमाणीय वातावरणमा रम्न सकिन्छ । बाहिरबाट हेर्दा जाजरकोटका अन्य भु–भाग भन्दा फरक नलाग्ने कुशेको शेरोफेरो चाल्ना ग्राग्ली पुगेर अग्ला पहाडको यात्रामा निस्कदा होस या अर्छानी टालेगाउँबाट लाताचुली हुदैँ कुशेपाटनतिरको यात्रा गर्दा त्यहाँ वास्तविक स्वर्ग भेटएिको महसुस हुन्छ । कालाचेत्राका काला र डरलाग्दा भिरहरु, तिनहछरीका सयौ छाँगा छहराहरु, तामाछहरीको तामाको आवाज, सरुकाँध, जनडाँडा, ब्याउली वनक्षेत्रका हरियाली वनकुञ्ज र कुशे जल्जला पाटनबाट सुन्दर दृश्य देखिन्छ । सर्प बेरिए झैं बाँगोंटिगों भएर बग्ने सरुगाड जसको बयान गरेर सकिदैन । हिउँदमा दन्तलहरमा मुस्कुराउने कुशे कहिले होली झैँ रगिंन बनेर रातै फुल्दछ, त कहिले छाँगाछहराबाट भेल बनेर उर्लन्छ । कस्तुरी रातो पाण्डा झारल अनि सयौँ प्रजातीका वन्यजन्तु कुशेका काखमा खेल्छन, मिठो धुनसंग रमाउँछन । डाँफे कालिज मुनाल नाँच्छन । कुशे जल्लजला शिरबाट जाजरकोट मात्र नभई मध्य सुदुर तथा आधा नेपालका पहाडको सुन्दर दृश्य देखिन्छ । सुदुरपश्चिमको सैपाल मध्य तथा कर्णालीका कान्जिरोवा मुकुट लगाएतका हजारौ हिमशृखंलाहरु नजिकैबाट नियाल्न र सिस्ने अन्नपुर्णमात्र नभई आँखाले भ्यायसम्मका सेताटम्य हिमाल पुर्व अनि दक्षिणका हरियाली डाँडाकाडाहरु यहाँबाट देख्न सकिन्छ । कशे पाटनबाट जुनीचाँदे र बारेकोटका सुन्दर भुगोल दुरुस्त अवलोकन गर्न सकिन्छ । जब लाग्छ जेठ असार हिउँ पग्लेर स्वरुप परिवर्तन गरेको कुशे जल्जलाको शिरमा बसेर हेर्दा रातै फुलेका चमेली गुराँसले मनमा आनन्दको अनुभुती दिलाउँने गर्दछ । सरुकाँध ब्याउलीढुगां काउलाडाला वनक्षेत्र र त्यस वरपरका घना जगंल वन्यजन्तुको घना बस्ती र ककांश भिड चट्टानको वातावरणमा हराउँन सकिन्छ । प्रशिद्ध देवस्थल मष्टा र भगवतीदेवी नदैमाताको प्रतिकहरु कुशे पाटनमा रहेका छन् । कुशेको छेउमा जुम्ला र जाजरकोटको सिमानाका बिचमा बराह ताल र नदैताल सुन्दरता प्रतिकका रुपमा रहेका छन् । सयौँको रुपमा छाँगा छहरा वनकुञ्जमा लुकेका दह तथा तालहरु बर्षातको सिजनमा ठुला ठुला झरणा बनेर बग्दछन । बर्षातमा हरियालीसगैँ ठुला ठुला छहरा झरणा पाटनभरी बस्तु लेकखर्क गोठालाहरुको ताँती त्यतीबेला कुशेपाटन एउटा शहर बन्दछ र हिउँदमा हिउँको कारण एक्लै मुस्कुरादै दुनियाँलाई खसी बाड्छ कुशे पाटनको काखमा बसेका कुशेबासी त्यही दृश्यमा रमाईरहेका हुन्छन् । जल तथा जडिबुटीको धनी कुशे धनीभित्रको गरिब बन्दैछ कुशेबाट चोरी सिकरी र वनपैठारी निकासस्बाट करोडौँको सम्पत्ति मुल्यहिन भएर गईरहेछन । प्रचार र प्रशंसा कतै पनि नभएको कुशे साँच्चै नै लुकेको स्वर्ग हो जसलाई चिनाउन आवश्यक छ । सुन्दरता लुटेर जान्छन्, कुशेको सुन्दरपन र जल्दोबल्दो जवानीमा खेल्छन् । बचाउनमा कसैको ध्यान छैन् बरु रित्याएर जान्छन् जाजरकोटले नै चिनेको छैन वास्तविक भित्री लुकेको कुशे । छेउमा बसेको स्थानिय सरकाले खास कुुशेको मुहार चिनेको छैन । अझै कुशेको प्रचार हुन सकेको छैन् ।
















































। १८ मंसिर २०७८, शनिबार