अर्थमन्त्री बिष्टले लिए पद तथा गोपनियताको शपथ

कर्णाली प्रदेशको आर्थिक मन्त्रीमा बिन्दमान बिष्ट सिफारिस, सपथ ग्रहण आजै
सुर्खेत । कर्णाली प्रदेशको अर्थमन्त्रीमा नियुक्त बिन्दमान बिष्टले शपथ लिएका छन् । मंगलबार कर्णालीको आर्थिक मामिला तथा योजना विकास मन्त्रीमा नियुक्त भएका बिष्टले प्रदेश प्रमुख तिलक परियारबाट शपथ लिएका हुन् ।
मंगलबार साँझ बिष्टले शपथ लिएपछि पदभार पनि ग्रहण गरेका छन् ।

यसअघि उनी भौतिक पूर्वाधारमन्त्री बन्ने चर्चा थियो । तर माओवादीले उनकै नेतृत्वमा सरकारमा पठाएपछि पार्टीकै जिम्मेवारी अनुसार बिष्टले अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका हुन् ।

६ महिनाअघि मुख्यमन्त्री महेन्द्र शाहीको सरकार भएका बेला उनी आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त भएका थिए । तर शपथ नखाँदे तत्कालिन सत्ताधारी कांग्रेसले विरोध गरेपछि उनले मन्त्रीको शपथ लिन पाएका थिएनन् ।

तपाईको प्रतिक्रिया