प्रेस सेन्टर नेपाल कर्णालीको अध्यक्षमा शर्मा

No description available.
सुर्खेत । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशको अध्यक्षमा सल्यानका प्रतिक इच्छुक शर्मा निर्वाचित भएका छन् । प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा भएको संगठनको दोस्रो भेलाले शर्मालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

वरिष्ठ उपाध्यक्ष रुकुमका गणेश कुमार शेर्पाली, उपाध्यक्ष खुल्लामा पूर्णप्रसाद चौलागाई ( जुम्ला), प्रमुख सचिव धर्मराज जिसी (सुर्खेत), सचिव खुल्ला तिलकराज वली (सल्यान), सचिव खुल्ला विवशकुमार सेजुवाल ( सुर्खेत), सचिव खुल्ला युद्धजित शर्मा ( जाजरकोट), सचिव खुल्ला अर्जुनप्रसाद भट्टराई ( कालिकोट), सचिव खुल्ला जनजाती उपेन्द्र न्यौपाने ( जुम्ला), सचिव महिला देवका लामिछाने ( जाजरकोट), सचिव दलित तिलसरा विक ( हुम्ला), कोषाध्यक्ष गोपाल रेग्मी ( रुकुम पश्चिम) निर्वाचित भएको निर्वाचन समितिका सदस्य धुर्वविक्रम बुढाथोकीले जानकारी दिए ।

No description available.

उनले दिएको जानकारी अनुसार समावेशी उपाध्यक्ष पद रिक्त राखिएको छ । ४१ सदस्सीय प्रदेश कमिटी निर्माण गरिएको जनाईएको छ ।

तपाईको प्रतिक्रिया