देश चलिरहेको एजेण्डा माओवादीको हो : पूर्वमन्त्री बस्नेत

No description available.
खलंगा । पूर्व वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले देश अहिले माओवादीको एजेण्डामा चलिरहेको बताएका छन् । माओवादी केन्द्र भेरी नगर कमिटीको सम्मेलनलाई सम्बोधन गर्दै बस्नेतले देश अहिले माओवादी एजेण्डामा चलेको बताएका हुन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र माओवादी जनयूद्धले ल्याएको भन्दै यो व्यवस्था बचाउनु समेत आजको आवश्यकता रहेको बताए । जनताको आवश्यताको पहिचान गरी ल्याएको व्यवस्थामा अन्य दलहरुले खेलवाडा गरिरहेको समेत बताए ।

अव माओवादी पार्टीले आगामी चुनावमा दुई तिहाई बहुमत नल्याए व्यवस्था विरोधीहरुले व्यवस्था नै सखाप पार्ने संकेत रहेको बताए । माओवादी जनयूद्धले ल्याएका सबै व्यवस्थामा प्रतिक्रान्तिकारी, विस्तारवादी दलहरुले व्यवस्थालाई अन्त्य गर्न लागेको समेत बस्नेतले आरोप लगाए ।

नेपाली जनता अवको विकल्प माओवादी पार्टी रहेको समेत मन्त्री बस्नेतले बताए । देशमा अरु दल भन्दा माओवादी पार्टी नै क्रान्तिकारी भएका कारण पछिल्लो समय हजारौ कार्यकर्ताहरु माओवादी पार्टीतिर आएको भनाई राखे ।

No description available.

तपाईको प्रतिक्रिया