
भुपेन्द्र नेपाली
खलंगा । जिल्लाको बारेकोट गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर संञ्चाल भएको छ । कादुरी एग्रिकल्चरल एण्ड एशोशिएसन ब्रिटिश गोर्खज् नेपाल, पोखरा–१६ कास्कीले शिविरको आयोजना गरेको छ ।

शनिबार(आज) विरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालय बारेकोट २ लिम्सामा शिविर संञ्चालन भएको छ ।

शिवीरबाट स्त्री रोग सम्बन्धी जाँच तथा उपचार, आँखा जाँच तथा मोतीबिन्दु शल्याक्रिया, दाँतको उपचार, अन्य सामान्य स्वास्थ्य जाँच तथा उपचार र चिकित्सको सल्लाह बमोजिम निःशुल्क औषधी वितरण जस्ता सेवाहरु उपलब्ध दिईने हुँदा सेवाग्राहीको भिडभाड रहको सहकर्मी हरी बहादुर नेपालीले जानकारी दिए ।





















































। ११ मंसिर २०७८, शनिबार