दुई भाउजु मिलेर सल्यानमा देवरको हत्या


सल्यान । सल्यानमा आफ्नै भाउजूले देवरको हत्या गरेकी छन् । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ५ रानीकोटमा गएराती ३३ वर्षीय शेर बहादुर चन्दको आफ्नै भाउजू २६ वर्षीया लक्ष्मी चन्द र छिमेकी भाउजु नाता पर्ने २५ वर्षीया राधा पौडेल चन्दले हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

लक्ष्मी र राधा दुइभाइकी बुहारी हुन् । मृतक चन्दको शव आधा जलेको अवस्थामा भेटिएको घटनाको अनुसन्धानमा खटिएका अनुसन्धान अधिकृत इन्सपेक्टर श्याम प्रसाद यादवले बताए ।

घटनाको प्रकृति हेर्दा हत्या नै भएको र हत्या भएपछि सबुत प्रमाण नष्ट गर्नलाइ आधा शव जलाएको देखिएको छ । घर नजिकै सडक छेउमा शवलाइ आधा जलाए २० मिटर पर बाँसको झारीमा लगेर घाँसले छोपिएको थियो ।

देवरको हत्या गरेपछि लक्ष्मी भाग्नको लागि सदरमुकाम खलंगामा आएर बैंकबाट पैसा निकाल्दै थिइन् भने राधा घरमै सुतेकी थिइन् । खलंगा आएकी लक्ष्मीले स्थानीय अटो चालक शेर बहादुर बुढाथोकीसँग आफुले देवरको हत्या गरेको र अब आफुलाइ बचाइदिन् भनेकी थिइन् ।

त्यसपछि उनले प्रहरीलाइ खबर गरेका थिए । घरमा सुतेकी राधाले पनि आफुले हत्या गरेको र बचाइदिन भन्दै स्थानीयलाइ भनेकी थिइन् । लगत्तै प्रहरीले उनिहरुलाइ पक्राउ गरेको हो ।

हत्या गरिएका चन्द गत फागुनमा मात्रै विदेशबाट घर आएका थिए । उनकी श्रीमती माइतमा छन् । दाजु बिदेशमा र आमाबुबा कोहलपुर बस्ने भएकाले घरमा मृतक शेर बहादुर, भाउजू लक्ष्मी र लक्ष्मीकी ४ वर्षीया छोरी मात्रै थिए ।

स्थानीयका अनुसार राती १२ बजेसम्म मृतक शेर बहादुर, भाउजू लक्ष्मी, राधा र राधाका श्रीमान सँगै बसेर रक्सी खाएका थिए । प्यारालाइसिस रोगले ग्रसीत राधाका श्रीमान रक्सी लागेपछि घर गएका थिए भने राधा त्यहि बसेकी थिइन् ।

हत्या १२ बजेपछि भएको हुनसक्ने अनुमान गरिएको छ । हत्याको कारणभने खुलेको छैन्, यद्यपी उनीहरुको पहिलेको केहि झगडाको कारण हत्या भएको हुनसक्ने अनुमान गरिएको छ ।

हत्याको आरोपमा प क्राउ परेकी राधा यसअघि पनि अपराधिक गतिविधिमा जेल परेर छुटेको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया