एमाले बाट विजयी भेरीका दुई वडाध्यक्षले गरे समाजवादी प्रवेश

May be an image of 3 people, people sitting, people standing and outdoorsखलंगा । नेकपा एमाले बाट वडाध्यक्ष बनेका भेरी नगरपालिकाका दुई वडाध्यक्षले एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । नगरपालिकाको वडा नं ७ का वडाध्यक्ष चन्द्रबहादुर शाही र वडा नं ९ का वडाध्यक्ष धुर्वप्रसाद पौडेले एक कार्यक्रमका विच एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

समाजवादीमा प्रवेश गरी कर्णाली प्रदेश कमिटी सदस्य समेत बनेको नेकपा ( एकीकृत समाजवादी जाजरकोटका सदस्य प्रदिप खड्काले जानकारी दिए ।

खड्काले सामाजिक सञ्जाल फेसवुकमा जाजरकोट जिल्ला, एकीकृत समाजवादीको किल्ला भएको समेत बताएका छन् । वडाध्यक्षहरु संगै अन्य दर्जन बढी जिल्ला कमिटी सदस्यहरुले एमाले परित्याग गरेको एकीकृत समाजवादी जाजरकोटले जनाएको छ ।

तपाईको प्रतिक्रिया