शिवालय गाउँपालिकाको तिमिलेपाखामा औद्योगिक ग्राम


खलंगा । जिल्लाको शिवालय गाउँपालिकाले देउली तिमिलेपाखालाई औद्योगिक ग्राम बनाउने भएको छ । सडक, विद्युत, खानेपानी, सिंचाई, भवन जस्ता आधारभुत भौतिक पूर्वाधार निर्माण पश््चात शिवालय गाउँपालिकाले औद्योगिक बिकासलाई जोड दिन थालेको हो ।

थालारैकरको देउली तिमिलेपाखालाई औद्योगिक ग्राममा विकास गर्न गाउँपालिकाले ८४ लाखको लागतमा पहुँच मार्ग निर्माण गरिरहेको गाउँपालिकाले जनाएको छ । ८४ लाख लागतको देउली तिमिलेपाखा औद्योगिक पहुँचमार्ग आब २०७७÷०७८ मा ७७ लाख २९ हजार ९१७ लागतको काम सम्पन्न भईसकेको र बचत रकमको काम सम्पन्न बाँकी रहेको गाउँपालिकाको भनाई छ ।

देउली तिमिलेपाखामा अल्लो धागोको औद्योगिक भवन निर्माण गर्न गाउँपालिकाले आब २०७७÷०७८ मा बिनियोजन गरेको ८ लाख रकमबाट ७ लाख ४६ हजार ७८८ लागतको काम सम्पन्न भईसकेको र बचत रकमको बाँकी काम सम्पन्न हुने प्रक्रियामा रहेको गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाले दिएको जानकारी अनुसार देउली तिमिलेपाखामा गाउँपालिकाको लगानीमा विभिन्न उद्योगहरु संचालन हुने भएका छन् ।

तपाईको प्रतिक्रिया