जुनीचाँदेमा विद्युत विस्तारले एक सय १५ घरपरिवार लाभाम्वित


खलंगा । जुनीचाँदे गाउँपालिकाले १५ किलोवाटको बिद्युत उत्पादन गरी ३ सय १२ घरधुरीलाई अध्याँरो मुक्त गरेको छ । आर्थिक २०७७÷०७८ मा निर्माण गरिएको (पिको हाइड्रो) लघु जलविद्युतबाट गाउँपालिकाले वडा नं. ६ र ११ का ३ सय १२ घरधुरीलाई अध्यारो मुक्त गरेको हो ।

गाउँपालिकाले निर्माण गरेको १५ किलोवाट विद्युत उत्पादन क्षमता भएको (पिको हाइड्रो) लघु जलविद्युत आयोजनाबाट ३ सय १२ घरधुरीले अध्याँरोमा बस्नुपर्ने अबस्थाबाट मुक्ति पाएको गाउँपालिकाले जनाएको छ ।

त्यसैगरी गाउँपालिकाले बार्षिक प्रगति समिक्षामा वडा नं. ६ को हिप्कखोलामा ६० किलोवाट विद्युत उत्पादन क्षमता भएको लघु जलविद्युत आयोजना निर्माणाधिन अबस्थामा रहेको बताएको छ ।

तपाईको प्रतिक्रिया