कुशेको काफलपाटा रुमालगाउँ जिल्लाकै पहिलो बालविवाह मुक्त टोल घोषणा


खलंगा । जाजरकोटको कुशे गाउँपालिका १ मा पर्ने फाफलपाटा रुमालगाउँलाई जिल्लाकै पहिलो बालविवाह मुक्त टोल घोषणा गरिएको छ । हिजो ( मंगलवार) एक कार्यक्रम वीच उक्त टोललाई बालविवाह मुक्त टोल घोषणा गरिएको हो ।

वालविवाह मुक्त गाउँपालिका बनाउने उद्देश्य अनुसार फाफलपाटा रुमालगाउँ टोलमा बालविवाह अन्त्य, वालश्रम अन्त्य, शत् प्रतिशत जन्मदर्ता, विद्यालय भर्ना अभियान शत् प्रतिशत, पूर्ण खोपयूक्त टोल,खानेपानीको उपलब्धता, वालमैत्री शौचालय, बालमैत्री विद्यालय, वालमैत्री खानेपानीको धारा लगायतका सूचांक पूरा गरेर बालविवाह मुक्त टोल घोषणा गरेको कुशे गाउँपालिका १ का वडाध्यक्ष गोपालबहादुर नेपालीले हाम्रो पहुँच डटकमलाई जानकारी दिए ।

उनका अनुसार, उक्त टोलमा नेपाल सरकारले जारी गरिएका सबै सूचांक पुरा गरिएको छ । वालविवाह अन्त्यका लागि वालक्लव तथा वाल सञ्जालहरु निकै सक्रिय रुपमा लागेका छन् । वालविवाह मुक्त वडा समेत केही समयपछि हुने अध्यक्ष नेपालीले बताए । नेपाल सरकारले बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति, २०७२ ले पनि सन् २०३० सम्म नेपालबाट बाल विवाह अन्त्य गर्ने मुख्य लक्ष्य लिएको छ ।

सोही लक्ष्य अनुसार ‘विहावारी २० बर्ष पारी’ नारा दिदै नेपालले सन् २०३० सम्ममा नेपाललाई बालविवाह मुक्त देश बनाई सक्ने घोषणा गरेको छ । नेपालको संविधान र बालबालिका सम्बन्धी ऐन २०७५ले बालबालिकाको हकमा वालविवाहलाई निषेध गरिसकेको र यसको उन्मुलनको लागि सरकारले अभियान पनि शुरु गरिसकेकाले सरकारको अभियानलाई पुर्णता दिन सहजिकरणको भुमिका निर्वाह गरेको पहाडी विकास क्षेत्र अभियान जाजरकोटका कार्यक्रम व्यवस्थापक भीम केसीले बताए ।

No description available.

No description available.

No description available.

तपाईको प्रतिक्रिया