खलंगामा यात्रु सहायता कक्ष

यात्रु सहायता कक्ष स्थापना
टुकमाया घर्ती
खलंगा । जिल्ला प्रहरी कार्यालय जाजरकोटको सहयोगमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । नजिकिदै गरेको नेपालीहरुको महान चाड बडा दशैँ, दिपावली तथा छठ पर्वको अवसरमा मानिसहरुको आवतजावत एवं सवारी साधनहरुको चाप बढ्दै जाने भएकोले यसबाट यात्रुहरुको समस्या समाधानका लागि स्थापना गरिएको हो ।

बसपार्क, बजार क्षेत्रका टिकट, काउन्टरमा हुने भिडभाड, बढी भाडा लिने, यात्रुहरु ठगिने, कार्यलाई नियन्त्रण र नागरिकका पिर मर्का तत्काल सुनुवाई गर्ने उद्देश्यका साथ कार्यालय स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय जाजरकोट र जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटको संयुक्त आयोजनामा असोज १५ गते भेरी नगरपालिका ४ शान्ति चौतारामा कार्यालय राखिएको हो ।

कार्यक्रम प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाको अतिथ्यता रहेको थियोे त्यसैगरि कार्यक्रममा जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख नायव उपरीक्षक मदु कुमार थापा, जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटका कार्यालय प्रमुख प्र.स.नि. धनिदत्त जोशि,

नागरिक अगुवा ,राजनीतिकदलका प्रतिनिधि ,पत्रकार,सामाजसेवी,बुद्धिजिवी, यातायात ब्यबसायी, सवारी चालक सहचालक, यात्रुहरु, स्थानिय नागरिक, प्रहरी लगाएतको सहभागीतामा रहेको थियो नागरिक वा यात्रुहरुलाई कुनै पनि समस्या परेमा वा गुनासोको लागि कार्यालय सम्पर्क नम्बर ०८९–४३००१२ र कार्यालय.प्रमुखको मोबाइल नम्बरमा –९८४३१६५६९९ फोन गर्न सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया