‘लाचार राज्यको कारणले नागरिकको अकालमा मृत्यु’

ठगेन्द्रबहादुर सिंह (हिमाल)


दलाल राज्यव्यवस्थाको कारणले गर्दा वर्तमान समयमा नेपाली जनताले अकालमा ज्यान गुमाउनु परेको छ । देशै भरिको अवस्थाको विषयमा म जोड्न चाहान्न । जाजरकोट जिल्लाको विषयमा उजागर गर्न चाहान्छु । जाजरकोट जिल्ला भित्र चल्ने गाडीहरु धेरैजसो पुराना छन् । कानुनी हिसावले यि गाडीहरुलाई डम्पीङ्ग गर्नुपर्ने अवस्था हो । तर दलाल व्यवस्थाका दलाल संञ्चालक र घुसीया कर्मचारीतन्त्रका कारणले गर्दा जाजरकोटमा थोत्रा जीपहरु चलेको पुष्टी हुन्छ ।

अर्काे तिर हेर्ने हो भने यातायातको विषयमा ज्ञान भएको र चेक जाँच गर्ने अधिकार प्राप्त संगठन ट्राफिकहरुको छुट्टै प्रकारको मनपरी छ । कानुनी हिसावले लाईसेन्स प्राप्त नभएका व्यक्ति, कागज प्रमाणहरु नपुगेका र गाडीको अवस्था जीर्ण भएको पुष्टी हुदाँहुदै पनि ट्राफिकहरुले जरिवाना स्वरुप एक हजार (१०००) लिनाले भर्खरै मात्र जाजरकोटमा तीन जनाको मृत्यु भएको छ ।

भने दर्जनौ घाइते भएका छन् । यिनै विषयमा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी जाजरकोटले ध्यानआकर्षण पत्र पटक पटक सल्लाह सुझाव दिएका छौ । हामीले गराएको ध्यानआकर्षण पत्र लाई जिल्ला प्रशासन कार्यालय जाजरकोट र स्थानीय सरकारले सिरेश रुपमा लिएन भने यसको पहल कदम हाम्रो संगठन जाजरकोटले लिनेछ ।

लेखक हिमाल नेपाल कम्युनिष्ट पार्टी ( विप्लव ) भेरी नगर कमिटी ईन्चार्ज हुन् ।

तपाईको प्रतिक्रिया