पाँच सय ३४ कैदी रिहा हुँदै, ७ जनालाई आममाफी दिन सिफारिस

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न अपराधमा सजाय भोगिरहेका ५ सय ३४ जना कैदीलाई बाँकी सजाय मिनाह र ७ जनालाई आममाफी दिन सिफारिस गरेको छ ।
संविधान दिवसको अवसर पारेर गृहले उनीहरुलाई जेलमुक्त गर्न सिफारिस गरेको हो ।

गृह मन्त्रालय स्रोतका अनुसार असल चालचलन भएका र त्यसमध्ये ५० प्रतिशत कैद भुक्तान गरिसकेका ५ सय ३४ कैदीलाई बाँकी सजाय मिनाहाका लागि सिफारिस गरिएको हो । त्यस्तै ७ जनालाई आममाफी दिन सिफारिस गरिएको छ ।

यो सिफारिस अनुसार आगामी असोज ३ गते संविधान दिवसको दिन बाँकी सजाय मिनाह र आममाफी पाएका केदीको विवरण सार्वजनिक गरिने छ । यी दुवै विषय मन्त्रिपरिषद्को निर्णयका आधारमा राष्ट्रपतिबाट प्रमाणित भएपछि मात्र कार्यान्वयनमा जानेछ ।

तपाईको प्रतिक्रिया