बारेकोट– खलंगा आउँदै गरेको जीप दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

जाजरकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
खलंगा । जाजरकोटमा जीप दुघर्टना हुँदा दुई जनाको मृत्यु भएको छ । बारेकोट बाट खलंगा तर्फ आउदै गरेको भे १ च ९८७ नम्बरको जीप नलगाड ५ को गेरेनी भीरमा मंगलवार दिउँसो दुघर्टना हुँदा दुई जनाको ज्यान गएको हो ।  दुघर्टनामा परि ५ जना घाइते भएका छन् ।

खारा–गेरेनी सडक खण्डको गेरेनी भन्ने ठाँउमा दुर्घटना हुँदा बारेकोट गाँउपालिका २ कि ४२ बर्षिय शान्ति रोकाय र ५४÷५५ बर्षको देखिने जुम्ला निवासी मंगल महतारा भएको प्रहरीले जनाएको छ ।

घाईतेको इलाका स्वास्थ्य कार्यालय दल्लीमा उपचार भैरहेको छ । घाइते पाँच मध्य चार जनाको अवस्था गंभिर रहेको जिल्ला प्रहरी प्रमुख डिएस्पी मधुकुमार थापाले बताए । स्थानिय बासिन्दा सम्मान रावलका अनुसार महतारा जाजरकोटमा जडिबुटी ब्यापारीको रुपमा आएका थिए । गाडी सडकमै पल्टिएको पल्टिएको उनले बताए ।

मृत्यु भएकी महिलालाई जीपको झ्यालको सिसाले टाउको काटेको छ भने महतारालाई गाडीले किचेको छ । गाडीको व्रेक फेल हुँदा खाल्डा खुल्डी र भिरालो सडकमा तीन चार पटक गाडी पल्टिएर दुर्घटना भएको प्रहरी प्रमुख थापाको भनाई छ ।

यो कच्चि सडक गत बर्ष मात्र संचालनमा आएको हो । घटना स्थल सदरमुकाम खलंगा देखि ४५ किलोमिटरको दुरीमा पर्छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, घाइते हुनेमा बारेकोट गाउँपालिका १ रामीडाँडा बस्ने अन्दाजी १५ बर्षको रुपक वुढा, सोही गाउँका अन्दाजी ४७ बर्षिय परिमल बुढा, ३३ बर्षका मनबहादुर बुढा, नलगाड नगरपालिका १ बस्ने अन्दाजी ५७ को गगन शाही, नलगाड नगरपालिका ५ पोखरा बस्ने १६ बर्षिय सुनिल वली, सोही गाउँमा बस्ने १४ बर्षिय नवराज वली घाइते भएको ईलाका प्रहरी कार्यालय दल्लीमा कार्यरत प्रहरी हल्वदार दिपक कुमार खनालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया