
खलंगा । लुकीछिपी चरेश र ओंतको छाला लिएर भेरी नगरपालिका १२ को बारेला स्थित मुम्बई रिटन चाईनिज कर्नरमा बसिरहेका दुई जना व्यापारीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बारेकोट गाउँपालिका ४ मैनाका ४३ बर्षिया गणेशबहादुर र २० बर्षिय हस्तबहादुर बस्नेत रहेको प्रहरीले जनाएको छ । गणेशको साथ बाट ५ वटा पोका लागुऔषध चरेश १ सय ३४ गाम्र लागुऔषध फेला पारेको थियो ।
यस्तै हस्तबहादुरको हात बाट पुच्छर देखि टाउको सम्म दुई फिट १० ईन्च खुट्टा सहितको छाला बरामद गरी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
















































। २२ भाद्र २०७८, मंगलवार