एमसीसी चाहिदैन् भन्दै यूवा संगठनको प्रर्दशन ( भिडियो सहित )


खलंगा । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) यूवा संगठनले एमसीसी चाहिदैन् भन्दै जाजरकोट सदरमुकाममा प्रर्दशन गरेको छ । मंगलबार नेपाल कम्युनिष्ट पार्टी, जनवर्गिय संगठन, विद्यार्थी संगठन लगायतका संगठनहरुले एमसीसी नेपाल विरुद्धमा छ यसलाई पास गर्नुहुदैन भन्दै प्रर्दशन गरेको हो । एमसीसी चाहिदैन्, देश बेच्न पाईदैन्, दलाल सरकार मुर्दावाद, भन्दै नारा लगाएका थिए ।

सरकारी अनियमितता,वेरुजु र भ्रष्टाचार विरुद्ध युवा संगठन नेपाल जाजरकोटको आयोजनामा मंगलबार जिल्ला सदरमुकाम खलंगामा बृहत् बिरोध प्रदर्शन गरिएको छ । मंगलबार सम्पन्न उक्त कोणसभा तथा विरोध प्रदर्शन कार्यक्रम ठाँटिबजारबाट शुरु भइ जिल्ला प्रशासन कार्यालय ,गैरिखालि हुँदै पुनःठाँटिबजारमा पुगेर बिरोध प्रदर्शन कोणसभामा परिणत भएको थियो ।

कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा जाजरकोट जिल्ला इन्चार्ज संगम आरसिले सम्पूर्ण देशभक्त,राष्ट्रबादि, प्रगतिशिल शक्तिहरु नेपालको राष्ट्रियता संकट परिरहेको अवस्थामा एकठाउमा उभिनुपर्ने बेला आएको बताए । उनले भने, ‘राष्ट्रिय स्वाधीन्तामाथि पटक पटक प्रहार भइरहँदा पनि दलाल सरकार मुकदर्शक बन्दै बसिरहेको र अझ उल्टै राष्ट्रिय स्वाधीनताको पक्षमा आवाज उठाउनेहरुलाई नै दमन गरेर सरकारले आफ्नो गैरजिम्मेवारि रवैया प्रस्तुत गरिरहेको र यस्ता खाले दलाल प्रवृतिको नेपाल कम्युनिस्ट पार्टीले सशक्त प्रतिरोध गर्ने छ ।’

यस्तै कार्यक्रममा बोल्दै नेकपाका जाजरकोट जिल्ला सचिव प्रेम चलाउने अन्नतले केही व्यक्तिहरूको निश्चित स्वार्थको लागि दलाल संसदवादी सरकार राष्ट्रियता जस्तो संवेदनशील विषयमा मौन रहेर वस्नु लज्जाको विषय भएको भन्दै देशलाई युद्दभुमि बनाउने कुचेष्टा गरिएको खण्डमा नेपाल कम्युनिस्ट पार्टीले जस्तोसुकै संघर्ष गर्न तयार रहने बताए । उनले नेपाल कम्युनिस्ट पार्टी सदैब जनजिविका र राष्ट्रिय स्वाधिन्ताको लागि सदैब जनताकै बिचबाट जनतासंगै संघर्ष गर्ने प्रतिज्ञा दिए ।

यस्तै युवा संगठन नेपाल जाजरकोटका अध्यक्ष तथा भेक व्युरो सदस्य गोविन्द चन्दले नेपाली युवाहरु अब विदेशीका गुलाम बन्नु भन्दा आफ्नो देशको राष्ट्रियताको बिषयमा एकजुट भएर आवाज उठाउन आह्वान गरे ।

एमसिसीलाई सरकारले आर्थिक उन्नतिको आधार भन्नू भनेको आकाशतिर फर्केर थुक्नु जस्तै भएको र यसले नेपालमा एमसिसि पास गरेर चिनमाथि आक्रमण गर्ने र नेपाललाई युद्दभुमिमा परिणत गर्नु एमसिसिको उद्देश्य भएको समेत प्रस्ट पारे ।

आफुलाइ गणतन्त्रको जननि मान्ने पार्टीहरू कसरी पैसा कमाउने र जनतालाई लुटतन्त्र मच्चाउने भनेर लागि परिरहेको अवस्थामा यस्तो कुव्यवस्थाको सहि विकल्प बैज्ञानिक समाजवाद राज्यव्यवस्थाको अपरिहार्यता रहेको बताए ।

अखिल (क्रान्तिकारी)जाजरकोटका अध्यक्ष विराजन शाहिले सन्चालन गरेको कार्यक्रममा २ सय भन्दा बढि युवा,विधार्थी,जनसमुदायको उपस्थिति रहेको थियो ।
भिडियो हेर्नुहोस् ः

तपाईको प्रतिक्रिया