
खलंगा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) जाजरकोटको २० औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । आईतबार एक कार्यक्रमका विच ५१ सदस्सीय जिल्ला कमिटीको घोषणा गर्दै २० औं जिल्ला भेला सम्पन्न भएको हो ।
भेला बाट अध्यक्ष कृष्णराज सिंह, वरिष्ठ उपाध्यक्षमा प्रेमबहादुर केसी, छविराज सिंह, राजन राना, धुर्व शर्मा रहेका छन् । यस्तै सचिवमा जीवन तिरुवा, सह सचिवमा सुरेन्द्र भारति, मिना शाही, विशाल किरण बस्नेत, मेनुका केसी चयन भएका छन् । कोषाध्यक्षमा झरना चन्द निर्वाचित भएकी छन् ।

एक विद्यार्थी नेताका अनुसार पछि थप्ने गरी ५१ सदस्सीय जिल्लामा कमिटी निर्माण गरिएको छ । अध्यक्ष बनेका सिंहले दोस्रो पटक अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । यस अघि नेकपा विभाजन पछि अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । दोस्रो पटक पनि सिंह नै जिल्ला कमिटी अध्यक्षमा निर्वाचित बनेका छन् ।
विद्यार्थी आन्दोलनलाई अझ शसक्त लिने र विद्यार्थीहरुको हकहितका लागि काम गर्ने समेत प्रतिवद्धता व्यक्त गरेका छन् ।

















































। २० भाद्र २०७८, आईतवार