जाजरकोटमा कांग्रेसको वडा अधिवेशन : नेतृत्वमा महिला सहभागिता शून्य

नेपाल समय

                                                         भेरी न.पा. २ तस्विर
खलंगा । जाजरकोटमा नेपाली कांग्रेसले ७५ वटा वडामा अधिवेशन सर्वसम्मत सम्पन्न गरेको छ । वडा सभापति सहित २ हजार ७९ जना पदाधिकारी तथा सदस्यहरु पनि सर्वसम्मत निर्वाचित भएका हुन् ।

७७ वडामध्ये कुसे गाउँपालिकाको वडा नं. ८ र नलगाड नगरपालिकाको वडा नं. ८ बाहेकका अन्य सबै वडामा सर्वसम्मत नेतृत्व निर्वाचित गरिएको छ । ती वडामा पनि सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको जाजरकोटका कांग्रेस सभापति दीपकजंग शाहले जानकारी दिए ।

‘क्षमतावान र योगदानको आधारमा सबैलाई सर्वसम्मत नेतृत्व छनोट गरेको छौँ,’ शाहले भने, ‘स्थानीय तहको निर्वाचन नजिकिँदै छ, यो अवस्थामा पार्टीभित्र प्रतिस्पर्धा गर्न हुँदैन भन्ने लाग्यो र साथीहरुलाई पनि त्यही अनुसार कन्भिन्स गर्यौं।’ कुनै पनि वडामा विभाजन, गुट र मतभेद देखिने गतिविधिहरु नहुनु पार्टी र कार्यकर्ताहरुका लागि सुखद् पक्ष भएको शाहले बताए । पार्टीभित्र एकताको सन्देश दिनका लागि पनि वडाको नेतृत्व सर्वसम्मत गरिएको उनको तर्क छ ।

वडाको नेतृत्व तहमा महिला सहभागिता भने शून्य छ। ७५ वडामध्ये अहिलेसम्म कुनै पनि वडामा महिला नेतृत्व आएको छैन। बाँकी रहेका दुई वडामा पनि महिला नेतृत्व आउने सम्भावना न्यून छ। ‘हाम्रो जिल्लामा महिला दिदीबहिनीहरु नेतृत्वमा आउनै चाहनु हुन्न,’ सभापति शाहले भने, ‘टाठाबाठा स्थानीय तहमा गइहाल्छन्, बाँकी रहेका दिदीबहिनी नेतृत्वमै आउन चाहनुहुन्न।’ निर्वाचन सम्पन्न भएका ७५ वडामध्ये ५ वडामा दलित समुदायबाट नेतृत्वमा आएका छन् । वडामा छनोट भएका नेतृत्वमध्ये पनि अधिकांश युवा छन्।

जाजरकोटबाट प्रदेशसभा र क्षेत्रीय प्रतिनिधिहरु पनि सर्वसम्मत रुपमा छनोट भएका छन ्। कुल १ हजार २ सय ३५ जना प्रतिनिधिहरु छनोट भएको शाहले जानकारी दिए ।

जाजरकोटमा भदौ २७ गते गाउँ नगर, असोज १ गते प्रदेशसभा क्षेत्र र असोज ५ गते जिल्ला अधिवेशन हँुदैछ। त्यहाँ आगामी जिल्ला नेतृत्वका सर्पराज रावत, सनतकुमार कार्की, वेदराज सिंह, मुक्तिप्रसाद आचार्य, इलमबहादुर शाही, खडक बिसी र महेन्द्रबहादुर शाह लगायत आकांक्षी छन्।

सात स्थानीय तह रहेको जाजरकोटमा ७७ वडा छन्। तीमध्ये ७५ वडामा कांग्रेसले सर्वसम्मत नेतृत्व चयन गरेको छ। बाँकी वडामा पनि आज (आइतबार) नेतृत्व चयन गर्ने कांग्रेसले जनाएको छ। जसअनुसार शिवालय गाउँपालिकामा वडा नम्बर १ मा कर्णबहादुर वली, २ मा रुद्र विसी, ३ मा चुगिलाल नेगी, ४ मा शिवलाल रेग्मी, ५ मा शेरबहादुर खत्री, ६ धनबहादुर बुढा, ७ भैरव सिंह, ८ मा बुद्धिप्रसाद रेग्मी, ९ मा बिरु चन्द वडा सभापति बनेका छन्।

त्यस्तै छेडागाड नगरपालिकाको वडा नं. १ मा रामबहादुर बुढा, २ मा मानबहादुर रावत, ३ मा कर्णबहादुर थापा, ४ मा जयबहादुर थापा, ५ मा प्रकाशमान सिंह, ६ मा मानबहादुर बुढा, ७ मा बिर्खबहादुर शाही, ८ मा नरबहादुर गिरी, ९ मा जीतबहादुर बुढाक्षेत्री, १० मा जयनाथ योगी, ११ मा अमरबहादुर खत्री, १२ मा कृष्णबहादुर सिंह र वडा नं. १३ मा कृतिबहादुर सार्की वडा सभापतिमा निर्वाचित भएका छन्।

जुनीचाँदे गाउँपालिकाको वडा नम्बर १ मा मानबहादुर रावत, २ मा रामबहादुर शाही, ३ मा शेरबहादुर खड्का, ४ मा वीरबहादुर खड्का, ५ मा बिष्णुकुमार शाही, ६ मा गोपाल शाही, ७ मा मदन घर्ती, ८ मा कलबिर बस्नेत, ९ मा रुपबहादुर बस्नेत, १० दले बस्नेत र ११ कृष्णबहादुर शाही छन्। त्यस्तै कुसे गाउँपालिकाको वडा नम्बर १ मा नरबहादुर सिंह, ३ मा तप्तबहादुर खड्का, ४ मा कृतिबहादुर हमाल, ५ मा जयबहादुर सिंह, ६ कमल खड्का, ७ खम्ब सिंह र ९ मा शान्तबहादुर रोकाय छन्। कुसे गाउँपालिकको वडा नं. ८ मा सर्वसम्मत नेतृत्वको प्रयास भइरहेको छ। त्यहाँ आइतबार साँझसम्म सर्वसम्मत नेतृत्व चयन गरिने छ।

त्यस्तै भेरी नगरपालिकाको वडा नम्बर १ मा परशुराम राना, २ मा रेखबहादुर सिंह, ३ माहरिजंग शाह, ४ मा शत्रुधन भडेल, ५ मा लालबहादुर चंन्द, ६ मा थेप्चु शाही, ७ मा दिपबहादुर शाही, ८ मा तिलक चन्द, ९ मा भागवतप्रसाद शर्मा, १० मा धनसिंह राना, ११ मा रमेशप्रसाद शर्मा, १२ मा गणेश मल्ल र वडा नम्बर १३ मा काली खत्री वडासभापति बनेका छन्।

त्यस्तैगरी बारेकोट गाउँपालिकाको वडा नम्बर १ मा निमबहादुर घर्ती, २ मा लालबहादुर रोकाय, ३ मा दलजित नेपाली, ४ मा शान्त सिंह, ५ मा मानबहादुर सिंह, ६ मा कालीबहादुर कार्की, ७ मा शेरबहादुर बस्नेत, ८ मा राजु कुमाई र वडा नं. ९ मा भत्तलाल पौडेल वडासभापति बनेका छन् ।

त्यस्तै नलगाड नगरपालिकाको वडा नम्बर १ परिमन राना, २ मा लव वली, ३ मा रतिमान थापा, ४ मा हस्त वली, ५ मा दलबहादुर वली, ६ मा दिप वली, ७ मा हस्त परियार, ९ मा कालीबहादुर खत्री, १० मा हरिबहादुर सिंह, ११ धनलाल गिरी, १२ मा शान्तबहादुर बस्नेत र वडा नं. १३ मा केशव मल्ल सर्वसम्मत रुपमा वडासभापति बनेका छन्। नलगाडको वडा नं. ८ मा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको नेपाली कांग्रेस जाजरकोटले जनाएको छ । #नेपाल समयको सहयोगमा तयार पारिएको # 

तपाईको प्रतिक्रिया