१. गजल
आमा मेरो लास माथी कात्रो ओढाउदा नआत्तिनु होला
पहिले दुनियाँ हेर्नुहोला,त्यसपछि श्रद्धाञ्जली दिनुहोला
हरेक चिजमा सिमा हुन्छ, त्यसमा पनि सिमा रेखा हुन्छ
तपाईं धेरै नउम्लनु होस् महोदय बेकारमा पोखिनु होला
मैले लुटिएका भुमि फिर्ता ल्याउनुछ हाँसेर बिदा गर्नुहोस्
यदि फिर्ता आइन भने देशको काम आयो सम्झिनु होला
दिदीले शरीर धितोमा राखी आज कनिका पकाउनु भयो
अब हजुरको खाली थाल भरेर मात्र मलाई पस्किनु होला
मैसाव हजुरको ख्यालठट्टा हजुरलाई नै भारी पर्न सक्छ
म हिलो हुँ, हजुर त्यो सेतो कपडा हो थोरै जोगिनु होला
२. गजल
एक सैनिक शिरमा देश मुटुमा प्यारी बोकी सिमाना तिर जान्छ
दुश्मन अचानक त्यहीबेलामा उसको घरको ठेगाना तिर जान्छ
जुन छोराको भबिस्य सोचेर घरमा जग्गा जमिन बेचेका हुन्छन्
त्यही छोरा भने तस्करी को अभियोगमा जेलखाना तिर जान्छ
यो नाङ्गो शरीर भोको पेट पाल्न को लागि केही कुरा राखेपछि
हाम्रो सरकार पनि अन्तिम विकल्प मा कुनै बहाना तिर जान्छ
यस्तो अचम्मको कुरा तपाईंले सम्झनु पर्ने किन सम्झनु भएन
एक अन्धो भन्छ मेरो आँखा मात्र किताबको पाना तिर जान्छ
सरकार यो देशको जनता कतिसम्म गरिब छ तपाईं बुझ्नुहोस्
कहाँबाट यो पानी आयो भन्दै गरिब गोठको छाना तिर जान्छ
३. गजल
बा तपाईं बनिदिनु यो देशको अधिर केही छिनका लागि दुई शेर
कमि हुन्छ की जनताको हरेक, पिर केही छिनका लागि
प्रियालाई मेरो मृत्युको, श्रद्धाञ्जली दिने ठूलो रहर छ रे
लगाइ दिनुहोस् मेरो फोटोमा अबिर केही छिनका लागि
तपाईंले मान्छेको जन्म होकि, पशुको जन्म लिएको हो
माग्नु हुन्छ त्यो नहबालिकाको शरीर केही छिनका लागि
जसलाई भगवान सम्झी पुजा गर्नु भयो, उ आफ्नो भएन
बरु त्यो पत्थर लाई, मान्नुहोस् मन्दिर केही छिनका लागि
मलाई दलित भनी हेप्नुको कारण यो सविधानमा खोज्दैछु
अरे अहिले हटाउनुन कामको जन्जिर केही छिनका लागि
भावुक रिदम ‘बावु’
अध्यक्ष जाजरकाेटी साहित्यिक अावाज
















































। १९ भाद्र २०७८, शनिबार