‘म बिग्रीए भट्टी छिरेर, तिमी बिग्रीएको’

१. गजल
अरे यार, मुटु उतै छोडेर आए तिम्रो शहरमा
त्यसपछी मैले मुस्कुराउन सकिन आफ्नै गाउँघरमा

मैले बा–आमा बिर्सीदिए आफन्त पनि बिर्सेको हुँ,
तिम्रा नजर सङ्ग यी नजर जुधाउने चक्करमा

हरेक साझ मैले पीउनुको कारण तिमी मात्र थियौ,
तर जाड्याह जस्तो लाग्यो होला अरुको नजरमा

त्यति सजिलो छैन तिमिलाई, मेरो गर्धनसम्म पुग्न,
बरु चड्न सजिलै होला सगरमाथाको शिखरमा

 २. गजल

अचेल गाउघरको सम्झना दिनरात आउँछ
तिमी सङ्गै गोठालो गएको मलाई झन याद आउँछ

घर फर्कने कुरा सुनाउदै गर्दा, हाम्रो मालीक बाट
अब अर्को बर्ष कुर्नु यस्तै यस्तै जवाफ आउँछ

उता आमा बिरामी भएको, खबर पठाउछिन प्यारी
यता पर्देशमा भने न छुट्टी मिल्छ, न हिसाब आउँछ

कुनै दिन म खाडीमै हराए भने, वस यत्ती पर्खिनु
लास थन्काएर मेरो शरीर बाकस साथ आउँछ

३. गजल

मान्छे चिनिने एक पटक समयले हो
मेरो मन बद्लिनुमा तिम्रो अभिनयले हो

ताली बज्दै बज्दैन प्रिया, एउटै हातले मात्र,
सम्बन्ध बलियो बनाउने त दुबै पक्षेले हो

म बिग्रीए भट्टी छिरेर, तिमी बिग्रीएको,
न ढाटी भन रुपैया,पैसा अरु के के ले हो

जीवनमा तिमी एकै चोटि सफल हुन खोज्छौ,
मैले भने जित्न सिकेको पराजयले हो

पुष्कर पराग चन्द

भेरी नगरपालिका ५ जाजरकाेट

तपाईको प्रतिक्रिया