एक थान भरुवा बन्दुक सहित नलगाडमा एक जना पक्राउ

                                                             फाईल तस्वीर
जाजरकोट, ९ भदौ  । नलगाड नगरपालिका (१० कोठी सल्ला बस्ने ५८ वर्षीय मोहन बिकलाई १ थान भरुवा बन्दुक सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको गोठमा भरुवा बन्दुक लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रग्दाबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया