नेपालगञ्ज देखि जाजरकोटका लागि छुटेको फोर्स गाडी दुर्घटना : ६ घाइते, ३ को अवस्था गम्भीर

सल्यान । नेपालगञ्ज देखि जाजरकोट जाँदै गरेको फोर्स गाडि दुर्घटनामा परेको छ । बुधबार दिउँसो ४ बजे तिर भे १ ज १०४२ को फोर्स गाडि सुर्खेत सिम्ता–४ कालिखोलामा दुर्घटना भएको हो । फोर्स गाडिको पछाडिको देव्रे चक्का निक्लेका कारण उक्त जिप सडक देखि ६० मिटर तल खसेको छ ।

सवार ६ जना मध्ये ३ को अवस्था गम्भीर घाइते भएको ईलाका प्रहरी कार्यालय वादेपिपल राकमका इन्चार्ज तथा प्रहरी निरिक्षेक नन्दराम जोसिले बताए । घाइते हुनेमा रुकुम पश्चिम चौहरजारि–७ का वर्ष १७ का आषिस शर्मा, रुकुमपश्चिम चौरजाहरिकै अविनास राना, जाजरकोट भेरि नगरपालिका–२ का सम्झना शाह, दिनेश केसि, जाजरकोट भेरिनपा–१२ डिवहादुर गन्धर्व, छेडागाड नगरपालिका वर्ष ५१ का गोरख बुढा चालक सुजन परियारको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

अन्य ६ घाइतेलाई सल्लिवजारमा रहेको जनवन्धु पोलिकिलिनिकमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज पठाएको छ । आसिस शर्मा, गोरख बुढा र सम्झना शाहको अवस्था भने गम्भीर रहेको जनाएको छ । पुर्व–पश्चिम समिति नेपालगञ्ज यातायातको फोर्स गाडीमा १ चालक सहित ६ जना यात्रु सवार रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया