
काठमाडौं : सत्तारुढ गठबन्धनको शेरबहादुर देउवा नेतृत्वको सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा एक समारोहका बीच गठबन्धनले न्यूनतम साझा कार्यक्रम ल्याएको हो ।
सरकारको मुख्य प्राथमिकता कोभिड–१९ को महामारीबाट उत्पन्न मानवीय संकट समाधान गर्ने रहेको साझा कार्यक्रम निर्माण गर्ने कार्यदलका संयोजक कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बताएका छन् ।
स्वास्थ्यकर्मीहरूका लागि व्यक्तिगत सुरक्षा साधन (पिपिइ), उपचारमा खटिएका स्वास्थ्यकर्मीहरू, अस्पतालका कर्मचारी, एम्बुलेन्स चालक, सफाई मजदुर तथा सुरक्षाकर्मीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने, कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि अस्पताललगायत भौतिक पूर्वाधारको विकासमा प्राथमिकता दिने बताएका छन् ।
खोप उत्पादनका लागि नेपालमै भ्याक्सिन ल्याब स्थापना गर्न पहल गर्ने समेत समावेश गरेको छ। कोभिड–१९ को सम्भावित तेस्रो लहरविरुद्ध स्वास्थ्य सचेतना, आवश्यक जनशक्ति र गुणस्तरीय स्वास्थ्य सामग्रीको व्यवस्थापन र अस्पतालहरूको स्तरोन्नति गर्ने कुरालाई समेत प्राथामिकता राखेको छ ।
यस्तै, जनतासँग जोडिएका कामहरूलाई प्रभावकारी ढंगले सञ्चालन गर्दै सुशासनको पक्षमा लाग्नेसमेत उल्लेख गरेको छ ।
गठबन्धनले ल्याएको साझा न्युनतम कार्यक्रम प्रधानमन्त्री देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा नेता डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले सार्वजनिक गरेका छन् ।
















































। २४ श्रावण २०७८, आईतवार