क्लब छोड्नुपर्दा पत्रकार सम्मेलनमा रोए मेस्सी

क्लब छोड्नुपर्दा अर्जेन्टिनी स्टार लियोनल मेस्सी रोएका छन् । आइतबार पत्रकार सम्मेलनमा बोल्नुअघि उनले आँसु रोक्न सकेनन्। जहाँ उनलाई बार्सिलोनाबाट बिदाइ गरिएको थियो। अर्जेन्टिनी स्टारले बोल्नुअघि आफूलाई रुनबाट रोक्न कोसिस गरेका थिए। अब उनी आफूले २१ वर्ष बिताएको स्पेनी क्लब बार्सिलोना बस्नेछैनन् ।

पत्रकार सम्मेलनमा उनले भने, ’यी पछिल्ला दिनहरू म सोचिरहेको छु, म के भन्न सक्छु धेरै सोच्दै छु,’ उनले केही दिनको मौनतापछि पनि उनले भने, ’र सत्य यो हो कि म केही सोच्न सक्दिनँ, यो धेरै वर्षपछि मेरो लागि साँच्चै गाह्रो भइरहेको छ ।’

उनले थपे, ’यहाँ(बार्सिलोना) मैले मेरो सारा खेल जीवन बिताएँ। तर यस्तो हुनेमा म तयार थिइनँ । म विश्वस्त थिएँ, तर यो वर्ष उस्तै छैन, म यहाँ १३ वर्षको हुँदादेखि थिएँ। मैले २१ वर्ष बिताएँ,’ रुँदै उनले भने, ’तर मैले यहाँबाट मेरी श्रीमती र छोराछोरीसहित क्लब छाडेको छु, तर मैले यो कुरा परिवारसँग भन्न सकेको छैन ।’

बार्सिलोनाले मेस्सीले क्लब छाडेको बारे औपचारिक रूपमा आज पत्रकार सम्मलेन गरेर जानकारी गराएको हो ।

सन् २०१७ मा विश्व कीर्तिमान २२२ मिलियन युरो (२६४ मिलियन अमेरिकी डलर) का लागि बार्सिलोनाबाट नेयमारलाई किनेको पीएसजीले मेस्सीसँग करार गर्न चाहेको बुझिएको छ ।

मेस्सीले पिएसजीलाई क्लबमा सहभागी हुने इच्छा रहेको र तेस्रो सिजनको विकल्पमा दुई वर्षको सम्झौतामा छलफल चलिरहेको जानकारी दिएको फ्रान्सेली टेलिभिजन आरएमसी स्पोर्टले जनाएको छ ।

तपाईको प्रतिक्रिया