
फाईल फोटो
काठमाडौं : राष्ट्रियसभाको बैठकमा सांसदहरुले मन्त्रिपरिषद् चाँडो विस्तार गर्ने माग गरेका छन ्। प्राकृतिक विपत्ति र कोरोना महामारी रोकथाममा उच्च प्राथमिकता दिनुपर्ने बेला आएको भन्दै सांसदहरुले सरकारसँग तत्काल मन्त्रिपरिषद् विस्तार गर्न आग्रह गरेका हुन् ।
छिटो मन्त्रिपरिषद् विस्तार गर्न र सरकार संसदप्रति जवाफदेही बन्नुनपर्ने सांसद डा. विमला राई पौड्यालले बताइन् ।
यस्तै अर्का सदस्य सदस्य डा. खिमलाल देवकोटाले सरकार पारदर्शी रुपमा सञ्चालन हुनुपर्नेमा जोड दिए । ज्येष्ठ नागरिकका मुहारमा खुसी ल्याउने कार्यक्रम ल्याउनुपर्नेमा उनको जोड थियो ।
दार्चुलामा तुइनबाट सीमा पार गर्न लाग्दा बेपत्ता भएका नागरिकका सम्बन्धमा सरकारले देशको स्वाभिमान उँचो राख्ने गरी प्रभावकारी छानविन गर्नुपर्ने सदस्य शेरबहादुर कुँवरले बताए ।
विगतका समयमा आमूल परिवर्तनका लागि भएको आन्दोलनको मर्म र भावनाअनुसार नयाँ सरकारले काम गर्न सदस्य जितेन्द्रनारायण देवले सुझाव दिए ।
वर्तमान गठबन्धन लामो समयसम्म अघि बढेमा सङ्घीयता, समावेशीता, गणतन्त्र र रुपान्तरणका कार्यसूची सफल हुने उनको विश्वास थियो। यस्तै, अर्का सदस्य चक्रप्रसाद स्नेहीले छिमेकी भारतले नेपालसँग ‘रोटी र बेटी’को सम्बन्ध भनिए पनि यस अनुसारको व्यवहार नभएको बताए ।
प्रतिनिधिसभा दुई पटकसम्म विघटन हुनुले जनताको सार्वभौम थलोमाथि आक्रमण भएको सदस्य हेमकुमार विकले आरोप लगाए । #thahakhabar#
















































। २४ श्रावण २०७८, आईतवार