खहरे खोलाले बगाउँदा छोराको मृत्यु आमा घाईते


सल्यान : खहरे खोलाले बगाउँदा सल्यानमा एक बालकको मृत्यु भएको छ । उनकी आमा घाइते भएकी छन् । मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका–४ जुरढुंगाका करिब १२ वर्षीय ओमकार ओली रहेको प्रहरीले जनाएको छ ।

शनिबार साँझ गोठालोबाट घर फर्किने क्रममा चोरपाटा खोलाको गोगनपानीमा आएको बाढीले बालकलाई बगाएको वडाध्यक्ष नेवबहादुर खड्काले बताए । उनकी आमा दिलसरा घाइते भएकी छन् ।

उनी कोवाङ्ग झिम्पे स्वास्थ्य चौकी जयचौरमा उपचारपछि घर फर्किएकी छन् । खहरे खोलाले बगाउँदा बालकको शव ४०० मिटर तल फेला परेको वडाध्यक्ष खड्काले बताए । शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पताल पठाइएको छ ।

तपाईको प्रतिक्रिया