
खलंगा, २१ साउन । जिल्लाको जुनीचाँदे गाउँपालिका २ का वडाध्यक्ष रामबहादुर नेपालीलाई रिहाईको माग गर्र्दै स्थानीयले प्रर्दशन गरेका छन् ।
स्थानीय सर्पे दमाईलाई वडा कार्यालयमा डोरीले बाँधेर कुटपिट गरेको आरोप लागेपछि प्रहरीले विहीबार विहान प्रकाउ गरी सदरमुकाम ल्याएको विरोधमा स्थानीयले प्रर्दशन गरेका हुन् ।
‘झुटो आरोप चाहिदैन्, प्रतिनिधी फसाउन पाईदैन्, पाईदैन्’ भन्दै स्थानीयले प्रर्दशन गरेका हुन् । जाँड खाएर वडा कार्यालयमा गएर ढुंगा प्रहार गर्ने सर्पेलाई वडाध्यक्षले नियन्त्रणमा लिई सबैको सल्लाहमा डोरीले बाँधेर राखिएको एक स्थानीयले बताए ।

जति सम्झाउँदा पनि नमानेपछि वडाध्यक्ष लगायत अन्य व्यक्तिहरुको रोहवरमा जाँड खाएर मात्तिएका जड्या सर्पेलाई नियन्त्रणमा लिई बाँधिएको स्थानीयको भनाई छ ।
तर वडाध्यक्षलाई फसाउनको लागि षडयन्त्र गरी भिडियो काटेर हालेको एक श्रोतले जनाएको छ । निर्दाेष वडाध्यक्षलाई फसाउन खोजेमा विरोध प्रर्दशनले ठुलो रुप लिने एक स्थानीयले बताए ।
















































। २१ श्रावण २०७८, बिहीबार