जाजरकोट विशेष : स्थानीय तहको बजेट खर्चमा आशा कि निराशा ?

छेडागाड र कुशेमा शर्त प्रतिशत खर्च, बजेटमा खर्चमा कमजोर भेरी


कालीबहादुर नेपाली
जाजरकोट, २२ साउन । जिल्लाका सात वटै स्थानीय तहको आर्थिक बर्ष २०७७÷०७८ को बजेट खर्च सन्तोषजनक देखिएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय जाजरकोटको तथ्यांक अनुसार विगतका बर्षहरु भन्दा आ.व. २०७७÷०७८ मा बजेट खर्च सन्तोषजनक देखिएको हो ।

स्थानीय तहहरुको अन्तरसरकारी अख्तियारी तर्फको बजेट खर्च अन्तर्गत चालु बजेटमा भेरी नगरपालिकाको विनियोजन ११ करोड ५३ लाख ३३ हजार ७ सय ५० मध्ये ९ करोड ८७ लाख १६ हजार २ सय ३७ अर्थात ८५.५९ प्रतिशत खर्च भएको छ । नलगाड नगरपालिकाको ७ करोड ७० लाख ५१ ह्जार ५ सय रकम मध्ये ७६ करोड ५३ लाख ५ सय ४९ अर्थात ९९.३२ प्रतिशत खर्च गरेको कोष तथा लेखा नियन्त्रण कार्यालय जाजरकोटका प्रमुख नरेशराज भट्टले जानकारी दिए ।

छेडागाड नगरपालिकाले चालु तर्फको १० करोड ९० लाख ३० हजार ७ सय ५० मध्ये १० करोड ९१ लख ९३ हजार ५ सय ४६ अर्थात ९९.९७ बजेट खर्च गरेको छ । बारेकोट गाउँपालिकाले ५ करोड ५४ लाख २७ हजार २ सय ५० मध्ये ५ करोड ४१ लख ९५ हजार ३ सय ६८ अर्थात ९७.७८ प्रतिशत बजेट खर्च गरेको छ । जुनीचाँदे गाउँपालिकाले ७ करोड २७ लाख ७४ हजार ७ सय ५० मध्ये ६ करोड ९१ लख ८५ हजार ४ सय ९९ अर्थात ९५.०७ प्रतिशत चालु तर्फको बजेट खर्च गरेको छ ।

यस्तै, कुशे गाउँपालिकाले चालु तर्फको ५ करोड ५३ लाख ७ हजार ५ सय बजेट मध्ये ५ करोड ५२ लाख ३६ हजार ५ सय ३५ अर्थात ९९.८७ प्रतिशत बजेट खर्च गरेको छ । शिवालय गाउँपालिकाले ३ करोड ७४ लाख ६८ हजार चालु तर्फको बजेट अन्र्तगत ३ करोड ७४ लाख ११ हजार ८ सय ७४ अर्थात ९९.८५ प्रतिशत खर्च गरेको छ । चालु तर्फको बजेट अन्तर्गत ९५.७७ यहाँका स्थानीय तहले खर्च गरेका छन् ।

यस्तै पुजीगत बजेट तर्फ भेरी नगरपालिकाको १ करोड २५ लाख मध्ये ६९ लाख २३ हजार ८ सय ६८ अर्थात ५५.३९ प्रतिशत खर्च गरेको छ । नलगाड नगरपालिकाको १ करोड बजेट मध्ये १५ लाख ९१ ह्जार ७ सय ४९ अर्थात १५.९२ प्रतिशत खर्च गरेको छ । यो निकै निराशाजक बजेट खर्च हो । यस्तै, छेडागाड नगरपालिकाले १ करोड बजेट मध्ये, ९९ लाख ९८ हजार ६ सय ३१ अर्थात ९९.९९ प्रतिशत बजेट खर्च गरेको छ । पुजीगत गत खर्च तर्फ बारेकोट गाउँपालिकाको १ करोड १८ लाख बजेट मध्ये १ करोड अर्थात ८४.७५ प्रतिशत खर्च गरेको छ ।

यस्तै, जुनीचाँदे र कुशे गाउँपालिकाको पुजीगत तर्फको कुल बजेट शुन्य र खर्च पनि शून्य छ । शिवालय गाउँपालिकाको १ करोड ३ लाख बजेट मध्ये २१ लाख १ हजार ६ सय ६८ अर्थात २०.४० प्रतिशत खर्च गरेको छ । पुुजीगत तर्फको बजेट खर्चमा नलगाड र शिवालय निकै कमजोर देखिन्छन् ।
कुल बजेट अन्तर्गत १२ करोड ७८ लाख ३३ हजार ७ सय ५० बजेट मध्ये १० करोड ५६ लाख ४० हजार १ सय ५ अर्थात ८२.६४ प्रतिशत बजेट भेरी नगरपालिकाले गरेको छ । नलगाड नगरपालिकाको कुल बजेट ८ करोड ७० लाख ५१ ह्जार ५ सय बजेट मध्ये ७ करोड ८१ लाख २२ हजार २ सय ९८ अर्थात ८९.७४ प्रतिशत बजेट खर्च गरेको छ ।

छेडागाड नगरपालिकाको ११ करोड ९२ लाख ३० हजार ७ सय ५० कुल बजेट मध्ये, ११ करोड ९१ लख ९२ हजार १ सय ७७ अर्थात ९९.९७ प्रतिशत बजेट खर्च गरेको छ । बारेकोट गाउँपालिकाको ६ करोड ७२ लाख २७ हजार २ सय ५० कुल बजेट मध्ये, ६ करोड ४१ लख ९५ हजार ३ सय ६८ अर्थात ९५.४९ प्रतिशत बजेट खर्च गरेको छ । जुनीचाँदे गाउँपालिकाको, ७ करोड २७ लाख ७४ हजार ७ सय ५० कुल बजेट मध्ये, ६ करोड ९१ लख ८५ हजार ४ सय ९९ अर्थात ९५.०७ प्रतिशत बजेट खर्च गरेको छ ।

कुशे गाउँपालिकाको कुल बजेट ५ करोड ५३ लाख ७ हजार ५ सय बजेट मध्ये, ५ करोड ५२ लाख ३६ हजार ५ सय ३५ अर्थात ९९.८७ प्रतिशत बजेट खर्च गरेको कोष तथा लेखा नियन्त्रण कार्यालय जाजरकोटले जनाएको छ । शिवालय गाउँपालिकाले ४ करोड ७७ लाख ६८ हजार कुल बजेट मध्ये, ३ करोड ९५ लाख १३ हजार ५ सय ५१ अर्थात ८२.७२ प्रतिशत खर्च गरेको छ ।
यस्तै, आ.व. २०७७÷०७८ मा वित्तिय हस्तान्तरण अन्र्तगत स्थानीय तहहरुमा निकाशा भएको बजेट मध्ये कुल अनुदान ५४ करोड ४८ लाख २९ हजार ५ सय मध्ये, ४५ करोड २१ लाख ७६ हजार ८ सय १२ अर्थात ८२.९९ प्रतिशत बजेट निकाशा भएको थियो । नलगाड नगरपालिकामा कुल अनुदान ४३ करोड ५३ लाख ८१ ह्जार ३ सय ५० मा ४२ करोड ४८ लाख ५१ ह्जार ७ सय १० अर्थात ९७.५८ प्रतिशत निकाशा भएको थियो ।

छेडागाड नगरपालिकामा ५२ करोड १४ लाख ५६ हजार ८० कुल अनुदान मध्ये ५० करोड ४४ लाख २० हजार २० अर्थात ९६.७३ प्रतिशत निकाशा भएको छ । बारेकोट गाउँपालिका ३३ करोड ३६ लाख ६६ हजार ८० कुल अनुदान मध्ये ३१ करोड ४७ लाख ५५ हजार ८० अर्थात ९४.३३ प्रतिशत निकाशा भएको थियो । जुनीचाँदे गाउँपालिकामा कुल अनुदान ४१ करोड ४८ लाख ७४ हजार २ सय मध्ये ३५ करोड ४२ लाख ३९ हजार ८ सय १८ अर्थात ८५.३८ प्रतिशत निकाशा भएको थियो । कुशे गाउँपालिकामा कुल अनुदान ३२ करोड २८ लाख २ हजार ८० मध्ये २८ करोड ३० लाख ३० हजार ८ सय २९ अर्थात ८८. ३७ प्रतिशत बजेट निकाशा गरिएको थियो । यस्तै, शिवालय गाउँपालिकामा कुल अनुदान ३२ करोड ६५ लाख २० हजार ८० मध्ये ३० करोड ३६ लाख ८४ हजार ८ सय ४० अर्थात ९४.७१ प्रतिशत निकाशा भएको कोष तथा लेखा नियन्त्रण कार्यालय जाजरकोटका कोष नियन्त्रक नरेश राज भट्टले बताए ।

तपाईको प्रतिक्रिया