
खलंगा । शिक्षकहरुको साझा संगठन नेपाल शिक्षक महासघंले भेरी नगर समिति जाजरकोटले विभिन्न ८ वुद्धे शैक्षिक तथा पेशागत माग राख्दै भेरी नगरपालिका जाजरकोट समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ । उक्त कार्यक्रममा नेपाल शिक्षक महासंघ भेरी नगर समितिका अध्यक्ष कमल बहादुर चन्दले भेरी नगरपालिकाका निमित्त कार्यकारी प्रमुख अनिश शाह समक्ष ध्यानआकर्षण पत्र बुझाएका हुन् ।

कार्यक्रममा अखिल नेपाल शिक्षक संगठनका जाजरकोट जिल्ला सचिव रुद्र बहादुर वली, एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला सचिव उत्तर बटाला , शिक्षक संघ भेरी नगरपालिकाका कार्यबाहक अध्यक्ष दिपक बटाला लगायत अन्य शिक्षकहरुको पनि उपस्थिती थियो ।
ध्यानआकर्षण पत्र बुझाउँदै चन्दले माग पूरा हुन नसके थप संघर्षकाका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छ्न । जवाफमा निमित्त कार्यकारी प्रमुखले घोषणा पत्र नगर शिक्षा समितिमा पेश गर्ने र कार्यान्वनको लागि आफ्नो पहल रहने जनाएका छन् ।
यस्तो छ ध्यानआकर्षकण पत्र

















































। १५ श्रावण २०७८, शुक्रबार