भारतको आतंक : एसएसबीले तुइनको डोरी निकाल्यो, बचाउ भन्दै खसे महाकाली नदीमा नेपाली


धनगढी । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नदी पार नहुँदै तुइनको फलामे डोरी निकालिदिंदा एक नेपाली महाकालीमा खसेर बेपत्ता भएका छन् ।

शुक्रबार बिहान दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइनबाट नदी तर्ने क्रममा महाकाली नदीमा खसेर ३० वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् । प्रत्यक्षदर्शीहरुले बताएअनुसार तुइनबाट महाकाली नदी पार गरिरहेका धामी नदीको छेउमा नपु¥ग्दै एसएसबीले फलामे डोरी निकालि दिएका थिए ।

‘धामीसँगै गएका तीन जना तु¥इन तरेर पारि पुगिसकेका रहेछन्,’ ब्यास गाउँपालिका–२ का वडाध्यक्ष वीरेन्द्रसिंह बु¥ढाथोकीले अनलाइनखबरसँग भने, ‘उनीहरुकाअनुसार धामी नदीको छेउमा नपु¥ग्दै एसएसबीले फलामे डोरी निकालिदिएका रहेछन् ।’

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दले एसएबसीले डोरी निकालेपछि धामी नदीमा खसेको गुनासो आएको बताए । ‘हामीकहाँ पनि एसएसबीले तु¥इनको डोरी निकाल्दा धामी नदीमा खसेको गुनासो आएको छ,’ प्रहरी निरीक्षक चन्दले भने, ‘प्रत्यक्षदर्शीसँग सम्पर्क गर्ने कोशिश भइरहेको छ ।’

धामीका परिवारले जिल्ला प्रशासन कार्यालय दार्चुलामा ज्ञापनपत्र बु¥झाउँदै घटनामा भारतीय एसएबसीको संलग्नताबारे छानबिन गर्न माग गरेको छ ।

प्रशासनले भारतलाई पठायो पत्र

यसैबीच जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय पक्षलाई पत्र पठाउँदै छानबिन गरेर सहयोग गरिदिन आग्रह गरेको छ ।

पिथौरागढ डीएम कार्यालयलाई पत्रचार गरिएको दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्टले बताइन् । ‘भारततर्फ पु¥ग्ने क्रममा एसएसबीले तु¥इनको डोरी खोल्न खोजेपछि पानीले धामीलाई बगाएको भन्ने कुरा आएको छ,’ भट्टले भनिन्, ‘वास्तविक कु¥रा खुलेको छैन । हामीले घटनाको छानबिनका लागि पिथौरागढ डीएम कार्यालयलाई पत्राचार गरेका छौं । घटनाबारे सत्यतथ्य जानकारी गराएर कारबाही अगाडि बढाइदिन पनि आग्रह गरेका छौं ।’

अहिलेसम्म भारतीय पक्षबाट कुनै प्रतिक्रिया प्राप्त हुन नसकेको भट्टले बताइन् । तु¥इनबाट खसेर बेपत्ता भएका धामीको खोजी भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया