जाजरकोटमा जातीय विभेदविरुद्ध अखिल(क्रान्तिकारी)को प्रर्दशन

No description available.
खलंगा, १४ असार । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) निकट अखिल (क्रान्तिकारी) जाजरकोटले जातीय भेदभाव तथा छुवाछुतविरुद्ध प्रदर्शन गरेको छ । सोमबार जिल्ला सदरमुकाम खलंगामा तल्लो थाप्ले देखि ठाँटी सम्म ¥यारी निकालेर प्रर्दशन गरेका हो ।

नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद, वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गरौँ, अखिल क्रान्तिकारी जिन्दावाद, जातीयमुक्त समाज निर्माण गरौँ, सबै खाले विभेद अन्त्य गरौं, जात व्यवस्था खारेज गरौँ, रुपा सुनारलाई न्याउ दे, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठलाई पद बाट बर्खास्त गर , वैज्ञानिक समाजवाद जिन्दावाद जस्ता नारा सहित प्रदर्शनमा उत्रिएका थिए ।

जातीय भेदभाव र छुवाछुतको अन्यका लागि दबाब स्वरुप विरोध प्रर्दशनको आयोजना गरिएको अखिल क्रान्तिकारी जाजरकोटका अध्यक्ष विराजन शाहीले जानकारी दिए ।

‘काठमाडौमा रुपा सुनारलाई जातीय विभेद गरी कोठा भाडामा नदिएको र घरबेटीलाई सरकारकै प्रमुखले कानुनी प्रक्रिया पुरा नहुँदा नहुदै पनि सामाजिक भेदभावलाई प्रोत्साहत दिने उद्देश्यले आफ्नै गाडीमा लिएर आयो ।

No description available.

त्यसैले उहाँलाई यथाशिघ्र राजनीनाममा दिनुपर्छ भन्ने हाम्रो माग हो शाहीले भने ।’ पछिल्लो समय देशमा जातीय विभेदका घटनाहरु बढिरहेका छन् यसलाई राज्यले संरक्षण गरिहेको छ यस्तो हर्कत प्रति अखिल क्रान्तिकारीले घोर विरोध गर्ने उपाध्यक्ष दीपेन्द्र सिंहले बताए । प्रर्दशन कार्यक्रममा पार्टी सचिव, प्रमाण, भेरी कमिटी ईन्चार्ज हिमाल, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष विराजन शाही, उपाध्यक्ष दिपेन्द्र सिंह, भेरी नगर कमिटी सेक्रेटरी प्रखर लगायत अन्य विद्यार्थी नेताहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया