
कालीप्रसाद थापा
बारेकोट, १४ असार । जिल्लाको बारेकोट गाउँपालिकामा रेडपाण्डा नेटवर्कले स्वास्थ्य सामग्री वितरण गरेको छ । डाँफे यूवा क्लव र रेडपाण्डा नेटवर्कको साझेदारीमा सञ्चालित रेडपाण्डा संरक्षण कार्यक्रमले गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
कोरोना भाईरस ¬(कोभिड १९) न्युनीकरण गर्न रेडमाण्डा नेटवर्कका कार्यक्रम अधिकृत केसीले सेनिटाइजर, मास्क, भिटामिन सी, इकोस्प्रीन, निको ट्याब, निको सेरप, कफ सेरप, अजिथ्रोमाइसिन सेरप, साइनेक्स, फेलोक्जन सेरप, भिटामिन सेरप,
जोन इन्जेक्सन र प्यान्टप इन्जेक्सन गरी जम्मा ३ सय ५८ पिस स्वास्थ्य सामग्री बारेकोट गाउँपालिकाको अध्यक्ष महेन्द्रबहादुर शाहलाई हस्तान्रण गरेको गाउँपालिकाले जनाएको छ । संस्थाले गरेको सहयोगले कोरोना नियन्त्रणमा सहयोग गर्ने अपेक्षा समेत लिइएको छ ।
















































। १४ असार २०७८, सोमबार