जाजरकोटमा निषेधाज्ञा खुकुलो : सवारी साधन चल्ने, अन्य व्यवसाय १२ घण्टा खुल्ने !

खलंगा, १४ असार । जाजरकोटका जारी निषेधाज्ञा खुकुलो पारिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसीसिएमसी) को वैठकले कोरोनाको प्रभाव कम हुदै गएकोले निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको हो । कोरोनाको प्रभाव कम भएपनि जोखिम भने कम नभएकोले स्वास्थ्यका मापदण्ड पालना गर्दै दैनिक कामहरु गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले बताए ।

स्वास्थ्यका मापदण्ड पालना गरी विहान ६ बजेदेखि साँझ ७ बजे सम्म जिल्ला भित्रका सम्पुर्ण व्यवसाय खुल्ले भएका छन् । यस्तै जिल्लाका भित्र सञ्चालन हुने यातायातका सवारी समाधन समेत सञ्चालन गरिने भएको छ । पुरानै भाडादरमा यातायातका सवारी साधनहरु सञ्चालन गर्न पाईने निर्णय भएको प्रजिअ देवकोटाले बताए । सीट क्षमता भन्दा बढि यात्रु राखेर सञ्चालन गरेको पाईएमा कानुन बमोजिम कारबाही गरिने बताईएको छ ।
यस्तो छ डिसीसिएमसीको निर्णयहरु :

No photo description available.

तपाईको प्रतिक्रिया