बाटो मर्मत नहुँदा स्वास्थ्य कार्यालयमा आउने विरामीलाई सास्ती

No description available.
खलंगा, ७ असार । बाटो मर्मत हुन नसक्दा बिरामीलाई बोकेर आउने एम्बुलेन्स समेत जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटमा आउन सकेको छैन् ।

No description available.

विगत तीन हप्तादेखि अविरल बर्षाको कारण हिलाम्य भई अवरुद्ध बनेको बाटोे मर्मत हुन नसक्दा उपचारका लागि स्वास्थ्य कार्यालयमा आउने बिरामीलाई करिब तीन सय मिटर टाढा नै ओर्लिएर हिड्नुपर्ने बाध्यता रहेको छ ।

No description available.

उपचारका लागि आउने बिरामी, औषधी र अन्य सामग्रीलाई मानिसले बोकेर ल्याउनुपर्ने बाध्यता रहेको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका निमित्त व्यवस्थापक टिकाराम जैसीले बताए ।
जिल्ला सदरमुकाममा रहेको स्वास्थ्य कार्यालयमा जाने बाटो अवरुद्ध भएपनि जिल्लाका सरोकारवाला निकायहरु मुखदर्शक भएर बसेको स्थानीयले गुनासो गरे ।

No description available.

अहिले विरामीहरुलाई बोकेर अस्पताल पुर्याउने गरिएको छ । यता भेरी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले बाटो भोली (मंगलबार) बाट बनाउन शुरु गर्ने जानकारी दिए ।

उनले भने, ‘हामीले ठेकेदार संग कुरा गरिसकेका छौं, त्यहाँको बाटो बनाउन भोली देखि शुरु हुन्छ ।’

तपाईको प्रतिक्रिया