अव देखि जाजरकोटका पसल दिउँसो दुई बजे सम्म खुल्ने

बन्द हुन थाले किराना पसल - Pabil News
खलंगा, ७ असार । मंगलबार देखि जाजरकोटका पसल दिउँसो दुई बजे सम्म खोल्ने सहमति भएको छ ।

सोमबार जाजरकोट उद्योग वाणिज्य संघका अध्यक्ष कर्ण खत्री सहितको टोलीले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटलाई भेटि मंलबार देखि दिउँसो २ बजे सम्म पसल खोल्न पाउने सहमति भएको हो ।

कोरोना महामारीका कारण लामो समय देखि व्यवसाय बन्द र आर्थिक बर्षको अन्त्यमा आर्थिक दवावका कारण व्यवसायमा गिरावट हुने भएकोले उक्त निर्णय गरिएको खत्रीले बताए ।

स्वास्थ्यका मापदण्डको पालना गरी विहान ६ बजे देखि दिउँसो २ बजे सम्म पसल खुल्ला गर्ने सहमति भएको खत्रीले जानकारी दिए ।

May be an image of text

तपाईको प्रतिक्रिया