
वृक्षारोपण गरौं – हरियाली बढाऔं
जाजरकोट जिल्लाको डिभिजन वन कार्यालय, नलगाड सब डिभिजन वन कार्यालय र छेडा सब डिभिजन वन कार्यालयको नर्सरीमा मसला,सिसौ, खयर, वकाइनो,रिठा, पैंयू, अमला, सितल चिनी लगायतका प्रजातिहरुको विरुवा यहि असार १० गते बाट निशुल्क वितरण गरिने भएको हुदाँ सामुदायिक वन, कवुलियती वन, सार्वजनिक स्थल, नदी उकास क्षेत्र तथा निजी नम्बरी जग्गामा वृक्षारोपण गर्न इच्छुक समुह संस्था व्यक्तिलाई डिभिजन वन कार्यालय जाजरकोट तथा सम्बन्धीत सब डिभिजन वन कार्यालयमाहरुमा सम्पर्क राख्न यो सुचना जारी गरिएको छ ।
डिभिजन वन कार्यालय जाजरकोट ।

















































। ७ असार २०७८, सोमबार