कोरोना महामारी विरुद्ध अगाडि बढ्दै विपी स्टडी युथ सर्कल रुकुम पश्चिम, सानीभेरीलाई ३ लाख बराबर स्वास्थ्य सामाग्री हस्तान्तरण

केशर पुन मगर
असार ०६, रुकुम पश्चिम !    रुकुम पश्चिममा नेपाली काँग्रेस सानीभेरी गाउँपालिका र विपि अध्यक्ष युवा सञ्जाल रुकुमले स्वास्थ्य सुरक्षाका सामाग्री बितरण गरेको छ ।                                                                      सानी भेरी  गाउँपालिका मार्फत गाउँपालिका कार्याललय, बिषयगत शाखा, गाउँपालिका अस्पताल, ११ वटै वडाका स्वास्थ्य चौकी, प्रहरी चौकी र रेडियोलाई मास्क, सेनिटाइजर, पिपिसेट, गोलोब्स, थर्मलगन र अक्सीमिटर बितरण गरिएको हो ।

नेपाली काँग्रेस सानीभेरी गाउँपालिकाको संयोजन, क्यालिफोनिया रुकुम जनसम्र्पक, नेपाल टेक्सास अमेरीका, काँग्रेस निति तथा प्रशिक्षण अनुसन्धान सदस्य चन्द्र कुसारी, विपि अध्यक्ष युवा सञ्जाल जिल्ला अध्यक्ष हेमराज केसी र सन्तोष रोकाको सहयोगमा उक्त सामाग्रि बितरण गरिएको महाधिबेशन प्रतिनिधि गोरख प्रसाद चन्दले जानकारी दिनुभयो उहाँका अनुसार क्यालिफोनिया रुकुम जनसम्पर्कमञ्चको २ लाख ६ हजार रुपैयाँ, नेपाल टेक्सास अमेरीकाको ५६ हजार ९ सय, काँग्रेस निति तथा प्रशिक्षण अनुसन्धान सदस्य चन्द्र कुसारीको ४१ हजार र विपि अध्यक्ष युवा सञ्जाल जिल्ला अध्यक्ष हेमराज केसीको २५ हजार गरी जम्मा ३ लाख २८ हजार ८ सय रकमबाट उक्त स्वास्थ्य सामाग्रि गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । जसमा ३० हजार पिस मास्क, ४ सय ५० पिस सावुन, १२ पिस अक्सीमिटर, १२ पिस थर्मलगन, ५ पिस पिपिसेट, ५ बक्स ग्लोब्स, ११ वटा ५ लिटर सेनिटाइजर र १० वटा १ सय स्वास्थ्य सामग्री रहेको छ्न् ।

तपाईको प्रतिक्रिया